मेचीनगरबाट भन्सार छलीका सुपारी र लत्ताकपडा बरामद

मेचीनगरबाट भन्सार छलीका सुपारी र लत्ताकपडा बरामद
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

झापा : झापाको मेचीनगरमा सुख्खा सुपारी र लत्ताकपडा प्रहरीले बरामद गरेको छ । 

इलाका प्रहरी कार्यालय धुलाबारीको टोलीले बुधबार बिहान ६ बजेर ४० मिनेटमा मेचीनगर-१० स्थित निन्दा पुल नजिकै सवारीसाधन चेकजाँचको क्रममा भन्सार छलीका लत्ताकपडा बरामद गरेको छ ।

प्रहरीले सवारीसाधनबाट साडी ७४ पिस,कुर्ता सुरुवाल २० पिस, सल ४ पिस गरी अन्दाजी मुल्य ४८ हजार ६ सयको कपडा बरामद गरेको छ । बरामद गरिएको सुपारी र लत्ताकपडा आवश्यक कारबाहीका लागि मेची भन्सार कार्यालय काँकडभिट्टा बुझाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

यसैगरी प्रहरीले मंगलबार राति सवा ८ बजेतिर विशेष सूचनाको आधारमा मेचीनगर नगरपालिका- १० स्थित खयरडाँगी बस्ने शेखर खड्काको घरबाट ९ बोरा अन्दाजी ४५० केजी सुपारी बरामद गरेको हो । 

आवश्यक कागजात बिनाको करिब २ लाख ७० हजार मुल्य बराबरको सुपारी बरामद गरिएको प्रहरीले जनाएको छ ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.