आयोजक अस्ट्रेलियालाई हराउँदै इंग्ल्यान्ड फाइनलमा

आयोजक अस्ट्रेलियालाई हराउँदै इंग्ल्यान्ड फाइनलमा
सुन्नुहोस्

अष्ट्रेलिया : इंग्ल्यान्ड आयोजक राष्ट्र अस्ट्रेलियालाई पराजित गर्दै महिला विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ। 

 
सिड्नीस्थित स्टेडियम अस्ट्रेलियामा बुधबार भएको खेलमा घरेलु टिम अस्ट्रेलियालाई ३-१ गोलअन्तरले पराजित गर्दै इंग्ल्यान्ड पहिलो पटक महिला विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको हो। इंग्ल्यान्डका लागि इल्ला टुन, लौरेन हेम्प र अलेसिया रुसोले गोल गरे। यता, अस्ट्रेलियाका लागि साम केरले गोल फर्काइन्। 

खेलको ३६औँ मिनेटमा इल्लाले गोल गर्दै इंग्ल्यान्डलाई १-० गोलको अग्रता दिलाइन्। उनकै गोलमा इंग्ल्यान्डले पहिलो हाफसम्म १-० गोलको अग्रता बनाएको थियो। खेलको ६३औँ मिनेटमा सामले उत्कृष्ट गोल गर्दै अस्ट्रेलियालाई १-१ गोलको बराबरीमा ल्याइन्। तर बाँकी समयमा अस्ट्रेलियाले दुई गोल खान पुग्यो। 

खेलको ७१औँ मिनेटमा लौरेनले गोल गर्दै अस्ट्रेलियाविरुद्ध इंग्ल्यान्डलाई २-१ गोलको अग्रता दिलाइन्। खेलको ८६औँ मिनेटमा एलेसियाले गोल गर्दै इंग्ल्यान्डलाई ३-१ गोलको जित दिलाइन्।

यो जितसँगै इंग्ल्यान्डले अब उपाधिको लागि फाइनलमा स्पेनसँग प्रतिस्पर्धा गर्नेछ। स्पेन र इंग्ल्यान्डबीचको खेल २० अगस्टमा सिड्नीस्थित स्टेडियम अस्ट्रेलियामा हुनेछ। स्पेनले स्वीडेनलाई सेमिफाइनलमा पराजित गर्दै यसअघि नै फाइनलमा स्थान बनाएको हो। त्यस्तै अस्ट्रेलियाले स्वीडेनविरुद्ध तेस्रो स्थानको लागि ब्रिसबनमा प्रतिस्पर्धा गर्नेछ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.