प्रधानमन्त्रीको चीन भ्रमणको बन्दोबस्ती मिलाएर फर्किए गुरुङ

प्रधानमन्त्रीको चीन भ्रमणको बन्दोबस्ती मिलाएर फर्किए गुरुङ
सुन्नुहोस्

काठमाडौं : चीन भ्रमणमा गएका नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङ स्वदेश फर्किएका छन्। गत बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को भ्रमणको चाँजोपाजो मिलाउन चीन गएका गुरुङ आज तिब्बत एयरलाइन्सको विमानबाट स्वदेश फर्किएका हुन्।

माओवादी उच्च स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणमा समावेश हुने सम्भावित एजेण्डाबारे छलफल गर्न उनलाई चीन पठाइएको हो। चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरु र कूटनीतिक निकायमा छलफलपश्चात गुरुङ फर्किएका हुन्। 

 परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणपश्चात चीन भ्रमण गर्ने गरी तयारी थालेपनि अन्तिममा अमेरिकाबाट चीन भ्रमण हुनेगरी कार्यतालिका बनाएको छ। प्रचण्ड सेप्टेम्बर १६ (भदौ ३०) मा अमेरिका भ्रमणमा जाने भएका छन्। संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन उनी त्यसदिन न्युयोर्क जाने भएका हुन्। प्रचण्ड सेप्टेम्बर २१ मा सम्बोधन गरेपछि सोही दिन चीन प्रस्थान गर्नेछन्।

संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गरेपछि असोज ४ गते बेइजिङ प्रस्थान गर्ने दाहालको भनाई छ। चीन भ्रमणमा रहँदा प्रधानमन्त्री दाहालले राष्ट्रपति, प्रधानमन्त्री र त्यहाँका कम्युनिस्ट पार्टीका नेताहरूसँग द्विपक्षीय वार्ता हुने जानकारी दिएका छन्। 

प्रधानमन्त्री दाहालले विद्युत व्यापार सम्झौता हुने यसअघिदेखि बताउँदै आएका छन्। रसुवा-चीन सीमामा क्रस बोर्डर ट्रान्समिसन लाइन जडान गर्ने सहमति भएको उनको भनाइ छ। 
यसअघि माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटा पनि चीन भ्रमणका गएका थिए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.