‘युवा उद्यम लक्षित नीति कार्यान्वयन भएन’

‘युवा उद्यम लक्षित नीति कार्यान्वयन भएन’
सुन्नुहोस्

काठमाडौं : रामेछापमा करिब १ सय २२ रोपनी जग्गा भाडामा लिएर चार जनाको युवा समूहले कृषि उद्यम थालनी गरेका छन्। 

एग्रो एण्ड रिसर्च सेन्टर खोलेर कृषिका विविध क्षेत्रमा यो समूहले काम गर्दै आएको छ। जसमध्येको केही युवा बेलायतका विश्वविद्यालयमा अध्ययन गरेर नेपालमा केही न केही गर्ने हुटहुटीले नयाँ सोच तथा प्रविधि प्रयोग गरेका छन्। 

उक्त समूह मध्येका एक लक्ष्मण केसी युवासँग उद्यम गर्ने नयाँ सोच भए पनि लगानीमा मुख्य समस्या भएको गुनासो गर्छन्। युवा उद्यमी केसीले भने, ‘बैंकबाट ५ वर्षका लागि कर्जा लिइयो भने पनि सुरुदेखि नै किस्ता र ब्याज तिर्नुपर्छ जबकी हामीले गरेको लगानीको प्रतिफल अर्थात् उत्पादन ५ वर्षपछि मात्रै हुनसक्छ। यस्तो लगानीलाई कसरी व्यवहारिक बनाउने ? सहुलियतपूर्ण कर्जा बिना धितो भने पनि दिइँदैन। वास्तवमा विश्वसनियता प्रणाली लागू भएन।’ 

यसमा नेपाल राष्ट्र बैंकले वाच डगको भूमिका निर्वाह गर्नुपर्ने तर्फ पनि उनले ध्यानाकर्षण गराए। राष्ट्र निर्माण मञ्च नेपालले बुधबार आयोजना गरेको उद्दमशील युवा सिर्जनशील युवा विषयक अन्तरक्रिया तथा उद्यमशीलता प्रेरणा सम्मेलनमा युवा उद्यमी केसीले केन्द्रीय बैंकले सहुलीयतपूर्ण कर्जा दुरुपयोग गर्नेलाई कडाइ गरेर सदुपयोग गर्ने युवालाई सहज वातावरण मिलाइदिन पनि अनुरोध गरे। 

बजेटले स्टार्टअप व्यवसायका लागि नीतिगत व्यवस्था गरे पनि अझै कार्यान्वयनमा नआएको भन्दै उनले अर्थमन्त्रीको ध्यानाकर्षण गराए। 

गोरखाकी अर्की युवा उद्यमी रिता परियार सरकारले विशेष गरेर ग्रामीण महिलाहरूका लागि प्राथमिकता दिन अनुरोध गरिन्। ग्रामीण क्षेत्रका महिलाहरूलाई उद्यमशीलतामा स्वावलम्बन बनाउन जरुरी भएको औंल्याउँछिन्। 

उक्त सम्मेलन आयोजनाका संयोजक भुपेन्द्रजंग शाही सरकारले युवाहरूको ऊर्जा र उनीहरूलाई स्वरोजगारका लागि हौसला दिन सरकार समक्ष अनुरोध गरे। अहिले स्टार्ट–अप नेपाल कार्यक्रम लगायत विभिन्न पहलहरू सुरु भएकाले स्टार्ट–अपहरूलाई आर्थिक सहयोग प्रदान गरी उद्यमशीलता र नवप्रवर्तनलाई प्रवर्द्धन गर्न जरुरी भएको उनको भनाइ छ। 

यस्तै थुप्रै युवाहरूले उद्यमशीलता बन्न चाहे पनि भोग्नु परेका समस्याहरू राखे। उनीहरूको जिज्ञासालाई सम्बोधन गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालको अहिलेको आवश्यकता उद्यमशीलता प्रवर्द्धन भएको बताए। यस पटकको बजेटले पनि युवा उद्यमलाई सहजीकरण गर्न उनीहरूकै सुझावबाट व्यवस्था गरिएको बताए। 

पूर्व अर्थमन्त्री डा. युवराज खतिवडा सरकारले उद्यमका लागि वित्तीय व्यवस्था, बीमामा सुविधा लगायतका वातावरण तय गरिदिएकोमा यसलाई युवाले ती सुविधालाई हासिल गरेर उद्यम गर्ने आँट राख्नुपर्ने बताए। 

यस्तै राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकले २०७५ सालदेखि बैंकिङ क्षेत्रबाट युवा लक्षित ब्याज अनुदानमा सहुलीयतपूर्ण कर्जा प्रवाह गरिरहेको र यसबाट थुप्रैले लाभ समेत लिएको बताए। 

‘नेपालमा उद्यमशीलताको  अवसर र चुनौती’ विषयक छलफलमा बोल्दै नविल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले युवा उद्यमका लागि बैंकहरूले युवा उद्यमीलाई सहजीकरण गर्न सहुलीयतपूर्ण कर्जा दिएर साथ दिने बताए। 

तर उद्यम दीर्घकालीन रूपमा टिकाउ हुन्छ हुँदैन भनेर सम्भाव्यता अध्ययन गरेर राम्रो व्यावसायिक परियोजना भएकालाई कर्जा दिन बैंकहरू पछि नपर्ने उनको तर्क छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.