मन्त्री ज्वालाद्वारा कार्यसम्पादन परिणाममुखी बनाउन निर्देशन

मन्त्री ज्वालाद्वारा कार्यसम्पादन परिणाममुखी बनाउन निर्देशन
फाइल तस्बिर
सुन्नुहोस्

काठमाडौं : भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले कार्यसम्पादनलाई कर्मकाण्डी नभएर परिणाममुखी बनाउन निर्देशन दिएका छन्।

मन्त्रालयमा आयोजित कार्यसम्झौतासम्बन्धी कार्यक्रममा मन्त्री ज्वालाले चालु आर्थिक वर्षमा ९० प्रतिशत प्रगति गर्ने गरी काम गर्न निर्देशन दिए। 'जबसम्म कार्यसम्पादन परिणाममुखी हुँदैन तबसम्म ९० प्रतिशत भौतिक प्रगति गर्न सक्दैनौं। नीतिगत र व्यक्तिगत समस्या भए आउनुहोस् छलफल गरौं तर झारा टार्ने उद्देश्यले काम नगर्नुहोस्,' उनले भने।

मन्त्री ज्वालाले सचिव केशव शर्मासँग तथा सचिव शर्माले विभागीय प्रमुखहरूसँग कार्यसम्पादन सम्झौता गरे। कार्यसम्पादन सम्झौता गर्दै सचिव शर्माले राजनीतिक नेतृत्व सरल, सहज र परिणाममुखी भएकाले ९० प्रतिशतको लक्ष्य पूरा हुने बताए। 'काम गर्न कुनै प्रकारको बाधा छैन, हामी लक्ष्य भेट्टाउँछौं,' सचिव शर्माले भने।

साउन २५ गते प्रधानमन्त्री पुष्पकमल दाहाल र भौतिक पूर्वाधार तथा यातायातमन्त्री ज्वालाबीच कार्यसम्पादन सम्झौता भएको थियो। प्रधानमन्त्रीसँगको सम्झौतापछि मन्त्री ज्वालाले सम्बन्धित पक्षसँग एक वर्षभित्र परिणाम ल्याउने गरी काम थाल्न सम्झौता गरेका हुन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.