सुन तस्करी प्रकरणबारे छानविन समितिले बुझायो प्रतिवेदन

सुन तस्करी प्रकरणबारे छानविन समितिले बुझायो प्रतिवेदन
सुन्नुहोस्

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार छलेर अवैध सुन भित्र्याएको घटनाको छानविन गर्न गठित समितिले प्रतिवेदन पेश गरेको छ। 

भन्सार विभागमा चोरी निकासी नहुन कडा व्यवस्था गर्नुपर्ने औंल्याउँदै निलम्बनमा परेका कर्मचारीलाई कारबाही गर्नका लागि नीतिगत व्यवस्था गर्न अनुरोध गरेको छ। भन्सार विभागका अनुसन्धान शाखाका निर्देशक मानबहादुर पौडेलको नेतृत्वमा साउन ४ गते छानबिन समिति गठन गरिएको थियो। 

रेडी ट्रेडर्सका नाममा हङकङबाट आयात भएको दुईपाङ्ग्रे सवारीको पार्टस् (ब्रेक सु) भित्र लुकाएर ल्याइएको एक क्विन्टल भनिएको सुन गत साउन ३ गते राजश्व अनुसन्धान विभागले विमानस्थलको गेटबाट ट्याक्सीमा बाहिरिदै गर्दा जफत गरेको थियो। 

यसलगत्तै भोलिपल्टै सुन तस्करी प्रकरणको छानबिन गर्न गठन सात सदस्य समितिलाई पाँच दिनभित्र प्रतिवेदन बुझाउन समय तोकिएको थियो। तर एक क्विन्टल तस्करी सुन बरामत गरेको भनिएकोमा नेपाल राष्ट्र बैंक टक्सार महाशाखाले पगालेपछि भने सुनको परिमाण  घटेर ६० किलो ७ सय १६ ग्राम पुगेको छ।

यति ठूलो मात्रामा सुन कसरी पास भयो भनेर छानबिन गर्न विभागले समिति गठन गरेको थियो। भन्सारका कर्मचारीको संलग्नताबारे पनि छानबिन गरेको छ।

उक्त प्रतिवेदन छानविन समितिले महानिर्देशक शोभाकान्त पौडेललाई पेश गरेको भन्सार विभागका विभागका सूचना अधिकारी पुण्यविक्रम खड्काले जानकारी दिए। 

खड्काका अनुसार प्रतिवेदनले अब कर्मचारीले जाँचपासमा गर्नुपर्ने सावधानी, प्राविधिक पाटोमा संवेदनशीलता अपनाउनुपर्ने, एक्सरेबाट सामानको निश्चितता कायम नभएसम्म जाँचपास गर्नुपर्ने, जाँचपासमा लापरबाही गरेमा कारबाही गर्ने लगायतबारे व्यवस्था भएको छ। 

भन्सार विभागका कर्मचारीको संलग्नतामा उक्त सुन तस्करी भएकाले उनीहरूलाई कारबाही गर्ने र अहिलेसम्म भएका कमजोर व्यवस्थालाई कसरी सुधार गर्ने भनेर प्रतिवेदनले उल्लेख गरेको महानिर्देशक पौडेलले बताए। 

उनका अनुसार आगामी दिनमा यस्ता गल्ती दोहोरिन नदिन थप सुधार गर्ने गरी प्रतिवेदन सार्वजनिक गरेको छ। सुन तस्करमा संलग्नहरूलाई कडा कारबाही गरिने, फर्महरूको थप छानबिन  कडाइ गर्ने प्रतिवेदनले औंल्याएको छ। यसअघि भन्सारको संरचनागत कमजोरीबाट चोरी निकासी भएकाले अब यसलाई थप व्यवस्थित बनाउन खोजिएको छ। 

कार्गो विल्डिङमा हुने जाँचमा अब कडाइ गरिने भएको छ। यहाँ आधुनिक प्रविधि जडान गर्न जरुरी भएको औंल्याइएको छ। प्रतिवेदनबारे उल्लेख गर्दै पौडेलले भने, 'यसैअनुरुप अब कार्गो विल्डिङमा सामान पुग्नुअघि स्क्यान गरेर सुधार गर्ने  आधुनिक प्रविधि प्रयोग गर्ने, एक्सरे मेसिनहरू थप्ने, जाँच पासमा शुद्धता ल्याउने, कर्मचारीले लापरबाही नगरी अनुशासित भएर काम गर्ने, हरेक स्टेपमा हरेक दृष्टिबाट शंकाको दृष्टिले हेर्नुपर्‍यो।’ 

उनका अनुसार यस्तो सुन तस्करी जुनसुकै वस्तुमा  मिसावट गरेर ल्याउन सक्ने भएकाले  शंकाको दृष्टिलेहेरेर छानविनमा कडाइ गर्न खोजेको हो। ‘तस्करी मौलाउँदै जाँदा कर्मचारीको सावधानी नहुनु यसमा मिलेमतो भएको भन्ने देखिन्छ। यसैले ती कर्मचारीलाई पनि कडा कारबाही गर्ने भनिएको छ,’ उनले अन्नपूर्णसँग भने। 

भन्सार विभागका अहिलेसम्मका कमजोरीलाई सच्याएर आगामी दिनमा यस्तो तस्करी नहोस् भन्नका लागि सुधार गरेर सावधानी अवलम्बन गर्न खोजेको उनले स्वीकार गरे। 

यो  प्रतिवेदनले आधुनिक प्रविधिलाई सही रूपमा प्रयोग गरे सबै छली रोकिनेमा विभाग विश्वस्त छ। प्रविधि प्रयोग नगरे यस्ता तस्करी दोहोरिन सक्छ। यसैले प्रविधि कर्मचारीको नियत, आचरणमा पनि सुधारमा जोड दिनुपर्ने महसुस गरिएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.