सप्तकोसीमा बेपत्ता भएका भारतीय नागरिकको शव फेला

सप्तकोसीमा बेपत्ता भएका भारतीय नागरिकको शव फेला
सुन्नुहोस्

धरान : सप्तकोसी नदीमा डुबेर बेपत्ता भएका भारतीय नागरिकको शव फेला परेको छ। सोमबार सप्तकोसी नदीमा नुहाउने क्रममा बेपत्ता भएका १९ वर्षीय अमर कुमार मेहताको शव फेला परेको सशस्त्र प्रहरी बल ४ नम्बर गण सुनसरीका प्रवक्ता सशस्त्र प्रहरी नायव उपरीक्षक प्रेम सिग्देलले बताए।

भारतको  सुपौल जिल्ला बैधनाथ ग्राप ३ घर भई कोशी ब्यारेजमा काम गर्ने बाबु कृष्ण देव मेहतालाई भेट्न आएका  उनी सप्तकोसीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका थिए।  

सशत्र प्रहरी बल ४ नम्बर गणको समन्वयमा सशत्र प्रहरी बल प्रबलको बराह बाहिनी मुख्यालय सुनसरीको गोताखोरसहितको प्रादेशिक विपद् व्यवस्थापन टिमले फेला पारेको सप्रनाउ सिग्देलले बताए।

मेहताको खोजीमा गोताखोर टोलीका  सशस्त्र प्रहरी निरीक्षक टेक बहादुर कटुवालसहितको १८ जनाको तालिम प्राप्त टोली परिचालन गरिएको थियो। 

टोलीले २५ फिट पानीको गहिराइबाट शव निकालेको गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक लकेशकुमार तुम्बाहाम्फेले बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.