राष्ट्रियसभाको बैठक दिउँसो ३:१४ बजेलाई सारियो

राष्ट्रियसभाको बैठक दिउँसो ३:१४ बजेलाई सारियो
फाइल तस्बिर।

सङ्घीय संसद् सचिवालयका महासचिव डा भरतराज गौतमले आज जारी गरेका सूचनामा विशेष कारणवश तोकिएको समयमा बैठक बस्न नसक्ने भएकाले सवा दुई घण्टा ढिला सारिएको उल्लेख छ।

काठमाडौं :आज दिउँसो १ बजेर १ मिनेटका लागि बोलाइएको राष्ट्रियसभाको बैठक दिउँसो ३ बजेर १४ मिनेटमा बस्ने भएको छ। 

सङ्घीय संसद् सचिवालयका महासचिव डा भरतराज गौतमले आज जारी गरेका सूचनामा विशेष कारणवश तोकिएको समयमा बैठक बस्न नसक्ने भएकाले सवा दुई घण्टा ढिला सारिएको उल्लेख छ। 

राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम बैठक सारिएको सूचनामा उल्लेख छ। विगत एक महिनादेखि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को अवरोधका कारण सङ्घीय संसद्को दुवै सदनका बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित हुने गरेको छ। 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.