तयार भयो विद्युतको कोरिडोर

तयार भयो विद्युतको कोरिडोर
सुन्नुहोस्

भरतपुर २२०-१३२ किलोभोल्ट (केभी) सबस्टेसन र हेटौंडा–भरतपुर–बर्दघाट २२० केभी डबल सर्किट प्रसारण लाइनको मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गरेका छन्।

चितवन : भरतपुर–बर्दघाट–हेटौंडालाई जोड्ने विद्युतको मर्स्याङ्दी कोरिडोर २२० केभी प्रसारण लाइन तयार भएको छ। चितवनको न्यु भरतपुर सबस्टेसनबाट सुरु भएर हेटौंडा र पूर्वी नवलपरासी हुँदै पश्चिम नवलपरासीको बर्दघाटसम्म पुग्ने २२० केभी डबल सर्किट प्रसारण लाइन तयार भएको हो। 

नेपाल सरकार तथा प्राधिकरणको लगानी र विश्व बैंकको सहुलियतपूर्ण ऋणमा हेटौंडा–भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइन निर्माण गरिएको हो। प्रसारण लाइनको क्षमता सुदृढीकरण, नेपालको एकीकृत विद्युत् प्रणाली विश्वसनीय बनाउन पश्चिम क्षेत्रमा निर्माण हुने जलविद्युत् आयोजनाको विद्युत् प्रवाहका लागि हेटौंडा–भरतपुर–बर्दघाट प्रसारण लाइन निर्माण गरिएको छ।

भरतपुर २२०-१३२ किलोभोल्ट (केभी) सबस्टेसन र हेटौंडा–भरतपुर–बर्दघाट २२० केभी डबल सर्किट प्रसारण लाइनको मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गरेका छन्। प्रधानमन्त्री दाहालले आफूहरूको जोड बढीभन्दा बढी स्वदेशमा विद्युत् खपत गरी जनताको जीवनस्तर उकास्नेतर्फ नै सरकारको जोड रहेको स्पष्ट पारे। अहिले उत्पादनमा तीव्रता आएको प्रधानमन्त्री दाहालको भनाइ छ। ‘उत्पादनमा धेरै वर्षको मन्दता थियो। अहिले उत्पादन वृद्धि भएको छ,’ दाहालले भने, ‘उत्पादित जलविद्युत् देशभित्र मात्रै खपत हुन धेरै कठिन छ। बढी भएको बिजुली अन्तर्राष्ट्रिय व्यापारमा जोड्न लागेका छौं। त्यसैका लागि यो प्रसारण लाइन उपयोगी हुनेछ।’ 

हेटौंडा–भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइनको लम्बाइ करिब १ सय ४७ किलोमिटर छ। हेटौंडा–भरतपुर ७३ किलोमिटर र अर्को खण्ड नयाँ भरतपुर सबस्टेसनबाट सुरु भई बर्दघाट सबस्टेसनमा अन्त्य हुने ७४ किमिको छ। हेटौंडा सबस्टेसनबाट नयाँ भरतपुर सबस्टेसनसम्मको २२० केभी डबल सर्किट प्रसारण लाइनको एउटा सर्किटलाई १३२ केभीमा चार्ज गरिएको छ। यसको लागत १ अर्ब ५२ करोड रुपैयाँ छ। ७ अर्ब ९४ करोड रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको यो प्रसारण लाइनबाट एक हजार मेगावाटसम्म विद्युत् प्रवाह गर्न सक्ने क्षमता छ। प्राधिकरण प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले प्रसारण लाइनले गुणस्तरीय विद्युत् प्रवाह हुने बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.