संसदीय समितिका सभापतिको निर्वाचन भदौ ११ गते हुने

संसदीय समितिका सभापतिको निर्वाचन भदौ ११ गते हुने
सुन्नुहोस्

काठमाडौं : प्रतिनिधिसभा अन्तर्गत रहेका संसदीय समितिको सभापतिको निर्वाचन सोमबार हुने भएको छ। सभामुख देवराज घिमिरेले आज दलका प्रमुख सचेतकसँगको छलफलपछि सभापतिको निर्वाचन मिति तोकेको सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए।

उनका अनुसार संसदीय समितिका सभापतिको निर्वाचन भदौ ११ गते १ बजेका लागि तोकिएको छ।

संसदीय समिति गठन भएपनि हालसम्म सभापति चयन नगरी जेष्ठ सदस्यको अध्यक्षतामा बैठक सञ्चालन हुँदै आएको छ। प्रतिनिधिसभा अन्तर्गत १० वटा विषयगत समिति र राष्ट्रियसभाका सदस्यहरुको प्रतिनिधित्वसहित २ वटा संयुक्त समिति रहेका छन्।

सभामुख देवराज घिमिरेले सहमतिबाटै नेतृत्व चयनका लागि पटक-पटक दलहरूलाई आग्रह गर्दै आएका थिए। निर्वाचनका लागि आजै सूचना प्रकाशित हुनेछ।

प्रमुख दलहरुबीच नेपाली कांग्रेसले ४ वटा एमालेले ३, नेकपा माओवादी केन्द्रले २, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीले १/१ समितिको सभापति पाउने यसअघि नै सहमति भइसकेको छ। 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.