संसद विकास कोषसम्बन्धी सर्वोच्चको आदेश शक्ति पृथकीकरणको सिद्धान्त विपरीत : कांग्रेस

संसद विकास कोषसम्बन्धी सर्वोच्चको आदेश शक्ति पृथकीकरणको सिद्धान्त विपरीत :  कांग्रेस
सुन्नुहोस्

काठमाडौं : नेपाली कांग्रेसका मुख्य सचेतक संसद विकास कोषसम्बन्धी रिटको सुनुवाइका क्रममा सर्वोच्च अदालतको आदेश शक्ति पृथकीकरणको सिद्धान्त विपरित रहेको बताएका छन्।

बिहीबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै लेखकले सदनले पास गरेको बिनियोजन विधेयकमा रहेको संसद विकास कोषसम्बन्धी विषय कार्यान्वयन नगर्नू भनेर दिएको आदेश आधारभूत रुपले लोकतन्त्रको शक्ति पृथकीकरणको सिद्धान्त विपरित रहेको बताएका हुन्।

कार्यपालिका,व्यवस्थापीका र न्यायपालीकाले सीमाभित्र रहेर काम गर्नुपर्ने भन्दै उनले राज्यका तीन अंगले अर्काको सीमामा हस्तक्षेप गर्दा लोकतन्त्रलाई कमजोर पार्ने काम हुने जिकिर गरे । उनले आफूसँग भएको स्रोतको बिनियोजन गर्ने कानुन बनाउने काम संसदको काम भएकाले यसलाई हस्तक्षेपले संसदीय व्यवस्थालाई कमजोर बनाउने उनको भनाइ छ । 

लेखकले न्यायीक क्रियाशिलताले धेरै देशहरूमा लोकतन्त्रलाई समाप्त पार्ने काम गरेको समेत बताए।

सरकारले बजेटमा सांसदले आफ्नो योजनामा बजेट खर्च गर्नेगरी प्रत्येक निर्वाचन क्षेत्रमा ५ करोड दिने व्यवस्था गरेको छ। यो व्यवस्थाविरुद्ध लोकबहादुर चन्दले सर्वोच्चमा रिट दिएका थिए। बुधबार सो रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले संसदीय विकास कोषका लागि छुट्याइएको बजेट कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.