गठबन्धनले धार्मिक र साम्प्रदायिक सद‍्भाव बिथोलेको आरोप

विराटनगर पुगेर ओलीले भने- कोसीमा एमालेकै सरकार बन्छ

विराटनगर पुगेर ओलीले भने- कोसीमा एमालेकै सरकार बन्छ
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

कोसी प्रदेशमा एमालेकै नेतृत्वमा सरकार बन्ने दाबी उनले गरेका छन् । ‘कोसीमा एमालेको सरकार बन्छ र चल्छ । मजाले चलाउँछ एमालेले,’ ओलीले भने ।

विराटनगर : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनले धार्मिक र साम्प्रदायिक सद्भाव बिथोल्ने प्रयास गरिरहेको आरोप लगाएका छन् ।  सुनसरीको धरानमा पछिल्लो समय धार्मिक द्वन्द्व र साम्प्रदायिक सद्भाव भड्काउन सत्ता गठबन्धन उद्धत रहेको उनको आरोप छ । 

विराटनगर विमानस्थलमा शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले सद्भाव बिथोल्ने र द्वन्द्व मच्याउने क्रियाकलापमा गठबन्धनका कार्यकर्ता लागिपरेको जिकिर गरे । ‘यस्तो क्रियाकलाप सत्ता गठबन्धनबाहेक अरु कसैले गर्नै सक्दैन,’ठोकुवा गर्दै उनले भने,‘नेपालमा अस्थिरताको परिस्थिति निर्माण गराउने प्रयास भइरहेको छ ।’ 

यसमा सरकारको नेतृत्व गरिरहेको माओवादी र माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को भूमिका बढी रहेको आरोप उनले लगाए । ‘प्रचण्डको नेतृत्वमा बनेको मोर्चाले यस्ता गतिविधि गरिरहेको छ,’ उनले भने, ‘सत्ता संरक्षित यस्ता क्रियाकलाप हुनु बहुत दुःखद् कुरो हो ।’ 

कोसी प्रदेशको पक्षमा भोट हालेर अर्कातिर नारा जुलुस गराउने काम पनि प्रचण्डले नै गरेको ओलीको दाबी छ । ‘एकातिर कोसी प्रदेशमा भोट हाल्छ । अर्कातिर बाहिर निस्किएर नारा जुलुस गर्छ । तोडफोड गर्छ, मान्छे मार्छ र मराउँछ, ढुंगा हान्छ र हनाउँछ,’उनले भने, ‘यो प्रचण्ड नेतृत्वकै मोर्चाले गरेको हो । यस्ता गतिविधिमा प्रचण्ड र माधव नेपालकै पार्टीका मान्छेहरु बढी छन् । जसपा पनि होला ।’ 

कोसी प्रदेशमा एमालेकै नेतृत्वमा सरकार बन्ने दाबी उनले गरेका छन् । ‘कोसीमा एमालेको सरकार बन्छ र चल्छ । मजाले चलाउँछ एमालेले,’ ओलीले भने । एमालले ४७ (बहुमत) पुर्‍याउनु पर्‍यो नि त भन्ने पत्रकारको प्रश्नमा उनले भने, ‘४७ हैन ५० भन्दा बढी पुग्छ ।’ उनले गठबन्धनको असंवैधानिक र अलोकतान्त्रिक क्रियाकलापले कोसीमा अस्थिरता निम्तिएको दाबी गरे । 

‘कोसीमा सरकार नबनेको कहाँ हो र ? सरकार बनाएँ भन्ने, अनि सभामुखलाई भोट हाल्न लगाएर असंवैधानिक क्रियाकलाप गर्ने । सभामुखलाई राजीनामा गराएर संकट खडा गर्नेजस्ता क्रियाकलाप गठबन्धनले गरेकाले समस्या खडा भएको हो,’ ओलीले भने, ‘ यो त संविधानको घोर उल्लंघन हो नि । कांग्रेसजस्तो पुरानो पार्टीले एकक्षणका लागि बलजफ्ती गर्ने र संविधान मिच्ने ? माओवादी पार्टी भनेको संविधान नमानेर र हतियार उठाएर हिँडेको हो । उसले संविधान मानेन भन्नु कुनै अनौठो हैन ।’ 

संविधान मान्छु भनेर आएको माओवादीले पछिल्लो समयसमेत संविधान नमानेको उनले बताए । प्रश्न गर्दै उनले, ‘संविधान कांग्रेसले पनि मानेन । जे जे हुँदा असंवैधानिक क्रियाकलाप गर्न सजिलो हुन्छ एमालेले त्यही गर्ने हो ? एमालेले बढवा दिँदै जानु पर्ने हो ?’ उनले प्रणालीको रक्षा, त्यसको निकास, संविधानको रक्षा र कार्यान्वयन, अनियमितता, बेथिती, तस्करी र भ्रष्टाचार नियन्त्रण गर्न तथा मुलुकको आर्थिक विकास र सुशासनका लागि राजनीतिक शक्तिहरु मिलेर जानुपर्ने बताए । 

‘दलहरु मिलेर जिम्मेवारीवोधका साथ अगाडि बढ्नुपर्छ । यसमा दुई मत छैन । गिरीबन्धु टी–स्टेटको कुरा निकाल्नु भनेको ‘चिल आयो, चिल आयो भनेर कुखुरा चोर्ने’ तरिका हो,’ ओलीले भने, ‘तस्करी भयावह भइरहेको छ । यो देशको इज्जत,अर्थतन्त्र र आर्थिक उन्नतिका लागि धेरै गम्भीर कुरा हो । भ्रष्टाचार र तस्करी रोक्नुपर्छ ।’ 

सरकारतिर एमालेको ध्यान नरहेको जिकिर पनि ओलीले गरे । एमालेको ध्यान राजनीतिक स्थिरता, स्थिायित्व, सुशासन, आर्थिक विकास तथा भ्रष्टाचार र तस्करी नियन्त्रणमा केन्द्रित रहेको दाबी उनको छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.