नेपाली विद्यार्थीको अवस्था बुझ्न दूतावासका दुई प्रहरी अधिकारी केआइआइटी पुगिसके : परराष्ट्रमन्त्री

नेपाली विद्यार्थीको अवस्था बुझ्न दूतावासका दुई प्रहरी अधिकारी केआइआइटी पुगिसके : परराष्ट्रमन्त्री
फाइल तस्बिर
सुन्नुहोस्

काठमाडौं : नेपाली विद्यार्थीको अवस्था बुझ्न नयाँ दिल्लीस्थित नेपाली दूतावासका दुई प्रहरी अधिकारी ओडीसा पुगेका छन्। कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) विश्वविद्यालयमा अध्ययनरत नेपाली छात्राको मृत्युपछि विकसित घटनाक्रमबारे बुझ्न उनीहरू त्यहाँ गएका हुन्।

परराष्ट्रमन्त्री आरजु राणा देउवाले यस विषयमा जानकारी गराउँदै प्रकृति लम्सालको मृत्यु र त्यसपछि विकसित परिस्थितिबारे निरन्तररूपमा फलोअप गरिरहेको बताइन्।

'नेपाली विद्यार्थीको अवस्था बुझ्न र त्यहाँ रहेका नेपाली विद्यार्थीलाई कलेजमा सुरक्षाको वातावरण मिलाउने सन्दर्भमा नेपाली दूतावास नयाँ दिल्लीबाट नेपाल प्रहरीका दुई जना वरिष्ठ अधिकारी आज बिहानै विश्वविद्यालय पुग्नुभएको छ। मैले उहाँहरूसँग फोनमा कुरा गरी घटनाको आवश्यक अनुसन्धानका लागि भारतीय सुरक्षाकर्मीसँग समन्वय गर्न तथा नेपाली विद्यार्थीलाई आवश्यक सहयोग र होस्टलमा सुरक्षित रूपमा रहनका लागि विश्वविद्यालय प्रशासनसँग समन्वय गर्न निर्देशन दिएकी छु,' मन्त्री राणाले भनेकी छन्।

यस विषयमा दिल्लीस्थित दूतावास दिल्लीले निरन्तर आवश्यक पहल गरिरहेको उनले बताइन्। 'हिजोको कूटनीतिक प्रयासपछि कलेजले विद्यार्थीहरूलाई होस्टेलमा फर्कन अपील गरिसकेको छ भने नेपाली विद्यार्थीलाई दुर्व्यवहार गर्ने स्टाफलाई कारबाही गरिसकिएको जानकारी पनि विश्वविद्यालयले सार्वजनिक सूचनामार्फत गराएको छ,' उनले फेसबुकमा उल्लेख गरेकी छन्।

यस विषयमा परराष्ट्र मन्त्रालय र नेपाली राजदूतावास दिल्लीले विश्वविद्यालय प्रशासन र भारतीय सुरक्षा अधिकारीको सम्पर्कमा रहेर आवश्यक समन्वयका साथ काम गरिरहेका उनले बताएकी छन्। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.