हर्क साम्पाङको कटाक्ष : सरकारकै जस्तो सबैको जीवन चिटिक्क हुँदैन

हर्क साम्पाङको कटाक्ष : सरकारकै जस्तो सबैको जीवन चिटिक्क हुँदैन

काठमाडौं : श्रम सँस्कृति पार्टीका अध्यक्ष समेत रहेका प्रतिनिधिसभाका सांसद हर्क साम्पाङले सरकारका मन्त्रीहरुको जस्तो सबैको जीवन ‘चिटिक्क’ नहुने भन्दै कटाक्ष गरेका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै सांसद साम्पाङले सरकारको चाहना सबैकुरा चिटिक्कै होस् भन्ने चाहना भए पनि सबैको जीवन चिटिक्कै परेको नहुने बताएका हुन् ।

माइतीघरमा आन्दोलनरत दृष्टिविहीनको सन्दर्भ निकाल्दै उनले सरकारले आफू जस्तै अरुलाई चिटिक्क सम्झन नहुने बताए । उनले माइतीघरमा आन्दोलनरत दृष्टिविहीन नागरिकको समस्या र सरकारका मन्त्रीहरुको जीवन शैलीलाई संकेत गर्दै घुमाउरो कटाक्ष गरेका हुन् ।

उनले कि त आन्दोलनरत दृष्टिविहीनलाई सडकमा गीत गाएर गुजारा गर्ने वातावरण बनाई दिनु पर्ने कि गुजाराका लागि सरकारले एकैचोटी नसके पनि क्रमशः रोजगारी दिलाउनु पर्ने बताए । उनले दृष्टिीविहीनलाई यो महिनादेखि १०–१५ जनालाई रोजगारी दिने काम थालनी गर्नुपर्ने बताए ।

सांसद राईले प्रधानमन्त्रीले संसदबाट दिएको अभिव्यक्ति संसदमै आएर सच्याउनु पर्छ भनेर आफूहरुले माग राखिरहेकाले सभामुखले रुलिङ गर्नुपर्ने समेत बताएका छन् । सांसद राईले लोकतन्त्रमा सबैले नियम कानुन मान्नु पर्ने बताउँदै एकथरीले नमाने, अर्को पक्षले पनि मान्दिनँ भन्ने मनसाय बनाउने बताए । त्यो अवस्थालाई लोकतन्त्र नभनि अराजकतन्त्र भनिने बताउँदै संसद पनि विस्तारै विस्तारै सोही बाटोमा हिंडिरहेको बताए । 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.