सांसद राईको गुनासो : सभामुखले बोलिनसक्दै माइक काटिदिनु भयो
काठमाडौं : नेकपा एमालेका सांसद राजेन्द्रकुमार राईले आफूले बोलिरहेको शब्द पुरा नहुँदै सभामुखले माइक काटिदिएको गुनासो गरेका छन् ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै एमाले सांसद राईले आफूले माइक काटिनुमा आफ्नो ठिक थियो कि सभामुखको ठिक थियो भन्ने भन्दा पनि आवेगमा माइक नकाटिएको भए हुने बताए । उनले कहिलेकाँही आवेशमा आउँदा समेत समस्या हुने बताए ।
सांसद राईले विपक्षीले लामो समयदेखि सदनमा प्रधानमन्त्रीलाई खोजिरहेको र प्रधानमन्त्री आएर जवाफ दिनै पर्ने बताउँदै प्रश्न गरे, ‘सभामुख महोदय प्रधानमन्त्री आएर जवाफ दिनु भएन भने सदन यतिकै अगाडि लानु हुन्छ ?’ उनले सदनमा प्रतिपक्षलाई उठाएको उठाएकै गर्ने, भाषण गर्न लगाएको लगाएकै गर्ने कुरा बेठिक हुने समेत सांसद राईले बताए ।
प्रतिक्रिया दिनुहोस !