सम्पति शुद्धीकरण निवारण ऐन हतियार हुन नदिन सच्याएका हौं : अर्थमन्त्री वाग्ले

सम्पति शुद्धीकरण निवारण ऐन हतियार हुन नदिन सच्याएका हौं : अर्थमन्त्री वाग्ले
सुन्नुहोस्

काठमाडौं : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सम्पति शुद्धीकरणको कार्यालयलाई अझ सशक्त बनाउनु पर्ने बताएका छन् । बुधबार सिंहदरबारमा बसेको राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिमा मन्त्री वाग्लेले वित्तीय अपराधको अनुसन्धानलाई एकीकृत रूपमा एकै ठाउँबाट गर्ने गरी सम्पति शुद्धीकरण (मनि लाउन्ड्रिङ) निवारण ऐनलाई परिमार्जन गर्न खोजेको समेत बताए ।

उनले सम्पत्ति शुद्धीकरण मात्र नभई समग्र ‘आर्थिक अपराध’ हेर्ने एउटा ठूलो छुट्टै निकाय नै आवश्यक पर्ने हो कि भन्नेबारे पनि छलफल भइरहेको जानकारी दिए । मन्त्री वाग्लेले सम्पत्ति शुद्धीकरणका केहि प्रावधानलाई अध्यादेशमार्फत संशोधन गरे पनि अहिले संशोधनका क्रममा ल्याइएको व्यवस्थालाई सच्याएर पुरानै कानुनी व्यवस्थामा फर्काइएको बताए ।  

विगतमा कसैलाई दुःख दिने नियतका साथ उजुरीको दुरुपयोग भएको उल्लेख गर्दै उनले त्यस्ता समस्यालाई समाधान गर्नका लागि केहि बिषयमा संशोधन गरिएको धारणा राखे । नेपाललाई अन्तर्राष्ट्रिय ‘ग्रे लिस्ट’ बाट बाहिर निकाल्न वर्तमान सरकार गठन भएदेखि नै प्रभावकारी रुपमा काम गरेको र सफलता पनि हासिल हुँदै गएको उनले बताए । बैठकले सम्पत्ति शुद्धीकरण (मनि लाउन्ड्रिङ) निवारण ऐन, २०६४ लाई परिमार्जनसहित पारित गरेको छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.