अवरुद्ध प्रतिनिधिसभा बैठक (LiVe)
काठमाडौं : विवादपछि १५ मिनेटका लागि स्थगित गरिएको प्रतिनिधिसभा बैठक फेरि सुरु भएको छ । प्रतिनिधि सभाका सभामुख डीपी अर्यालले एमालेका सांसद राजेन्द्रकुमार राईलाई बोल्न रोकेपछि विवाद हुँदा बैठक स्थगित भएको थियो ।
बुधबार बैठक सुरु हुनासाथ आकस्मिक समयमा बोल्न सुरु गरेका सांसद राईले सभामुखले तपाईं कान सुन्नुहुन्छ कि हुँदैन’ भनेर अगाडि बढ्न लाग्दा सभामुख अर्याल आक्रोशित बनेका थिए । सभामुखले राईलाई बोल्न नदिने घोषणा गरेपछि एमाले सांसदहरुले उठेर बैठकमा अवरोध गरेका छन्। त्यसपश्चात रास्वपा सांसद टिका संग्रौलाले नियमापत्ति गर्दै सो भनाई रेकर्डबाट हटाउन माग गरेकी थिइन् ।
लगत्तै सभामुख अर्यालले सांसद राईले माफी माग्ने र भनाई सच्याउन समय दिएपछि राईले सभामुखको व्यवहारप्रतिनै राईले प्रश्न गरे । उनले सभामुख आत्तिएर जुन व्यवहार गर्नुभयो कुरा नसुनेकाले पाँच वर्ष संसद चलाउनु सक्नु हुन्न, भनेपछि अर्यालले संसद बैठक १५ मिनेटका लागि स्थगित गरे । पुन सुरु भएको बैठकमा अहिले एमाले सांसद राईले बोलिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस !