सभामुख अर्यालको रुलिङ : सांसद राईको अभिव्यक्ति रेकर्डबाट हटाउनू
काठमाडौं : सभामुख डोलप्रसाद अर्यालले एमालेका सांसद राजेन्द्रकुमार राईको अभिव्यक्ति रेकर्डबाट हटाउन निर्देशन दिएका छन्।
बुधबार प्रतिनिधिसभा बैठकमा सांसद राईले बैठकमा ‘सभामुखज्यू तपाई कान सुन्नुहुन्छ कि हुन्छ ?’ भन्ने अभिव्यक्ति दिएका थिए। उक्त अभिव्यक्तिपछि विवाद हुँदा स्थगित भएको प्रतिनिधिसभा बैठक पुनः सुरु भएपछि सभामुख अर्यालले सांसद राईले बोल्ने क्रममा प्रयोग गरेका सम्पूर्ण शब्दहरू संसदीय अभिलेखबाट हटाउन सचिवालयलाई निर्देशन दिएका हुन्।
बैठकमा सांसद राईले कहिलेकाहीँ आवेशमा आएर बोल्दा समस्या हुने गरेको स्वीकार गर्दै संसद्को विधि र थितिलाई सम्मान गर्ने बताए । आफूहरुले लामो समय सदनमा विरोध जनाउदा पनि सरकार गम्भीर नभएको उनको भनाइ छ।
उनले प्रतिपक्षले उठाएका मागहरूलाई लगातार बेवास्ता गरिए आन्दोलन जारी रहने भन्दै संवाद र सहमतिका आधारमा अघि बढ्न सुझाव समेत दिए।
प्रतिक्रिया दिनुहोस !