महाकाली नदीले बगाएर बाबु–छोरा बेपत्ता

महाकाली नदीले बगाएर बाबु–छोरा बेपत्ता
सुन्नुहोस्

दिनदिनै ट्युब खेल्ने बाबु–छोरा शुक्रबार भने एक्कासि नदीमा बगेको भन्ने खबर आएको पुजाराले बताए।

बैतडी : नेपाल–भारत सीमा भएर बग्ने महाकाली नदीमा बगेर बाबु–छोरा बेपत्ता भएका छन्। बेपत्ता हुनेमा सीमा बजार झुलाघाटका ४४ वर्षीय सन्तोष चन्द र उनका पाँच वर्षीय छोरा तनुज चन्द रहेका छन्।  

महाकाली नदीस्थित भारतीय क्षेत्रतर्फ किनारमा ट्युबसहित पौडी खेलिरहेका बाबु–छोरा अपराह्न बगेर बेपत्ता भएका सशस्त्र प्रहरी बल, नेपाल नं ५१ गुल्म हेडक्वार्टर बैतडीका सशस्त्र प्रहरी नायब उपरीक्षक कृष्णसिंह पुजाराले जानकारी दिए। दिनदिनै ट्युब खेल्ने बाबु–छोरा शुक्रबार भने एक्कासि नदीमा बगेको भन्ने खबर आएको पुजाराले बताए। 

'नदी नजिकै घर रहेका उनीहरू दिनदिनै महाकालीमा ट्युबसहित खेल्दा रहेछन्, आज एक्कासि नदीमा पानीको बहाव बढेपछि उनीहरू बगेका भन्ने खबर छ', उनले भने। 

उनका अनुसार घटना भारततर्फ भएकाले पूर्ण जानकारी आएको छैन। बेपत्ता दुवै जनाको खोजीका लागि नेपाल र भारतीय सुरक्षाकर्मीको टोली परिचालन भएको सशस्त्र प्रहरी बल, नेपाल नं ५१ गुल्म हेडक्वार्टर बैतडीले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.