प्रहरीको घेराबन्दीले शान्त बन्यो धरान

प्रहरीको घेराबन्दीले शान्त बन्यो धरान
प्रहारीले चौतर्फी घेराबन्दी गरेपछि शान्त बनेको धरानको भानुचोक। तस्बिर : रत्नप्रसाद आचार्य।
सुन्नुहोस्

धरान : प्रहरीको व्यापक घेराबन्दीका कारण सुनसरीको धरान उपमहानगरपालिका शान्त बनेको छ। जिल्ला प्रशासन कार्यालय सुनसरीले हिजो राती १२ बजेदेखि आज राती १२ बजेसम्म निशेषाज्ञा जारी गरेपछि धरानलाई प्रहरीले चौतर्फी घेराबन्दी गरेर शान्तिसुरक्षा प्रदान गरेको छ। 

 
आदिबासी जनजाती महासंघ धरान नगर समितिले मंगलबारेमा गाइगोरु काटेर भोज गरेको भिडियो सामाजिक सञ्जालमा हालेका थिए। त्यसको विरुद्धमा नेपालका प्रथम जगत गुरु बालशन्त र हिन्दुधर्म मान्ने गुरुहरुको अगुवाइमा आज धरानमा बृहत प्रदर्शन आयोजना गरिएको थियो। हिन्दुहरुले धरानमा प्रदर्शन गरेपछि पहिचान पक्षधरले प्रतिकार गर्ने धम्की दिएका दिए। त्यसपछि धरानमा सद्भाव भड्कन नदिन प्रहरीले हस्तक्षेप गरेको छ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले डेङ्गुको समस्या भोगिरहेका धरानबासीलाई विभिन्न पक्षबाट प्रदर्शन गर्ने भनिएपछि शान्ति सुरक्षाका लागि निशेषाज्ञा जारी गरिएको बताइन्। 

सुनसरी प्रहरीका प्रवक्ता डिएसपी राजकुमार राइले धरानको शान्तिसुरक्षा मजबुत बनाउन धरान छिर्ने प्रत्येक गौडा र मुख्य बजार क्षेत्रमा प्रयाप्त प्रहरी परिचालन गरिएको बताए। 

धरानमा ५ हजारभन्दा बढी जनपद प्रहरी र सशस्त्र प्रहरीले घेरा बन्दी गरी सुरक्षा चेक जाचलाई प्रभावकारी बनाएको छ। प्रहरीको सक्रियताका कारण धरानमा यातायातका साधन सञ्चालन भएको छैन भने पसलहरु पनि बन्द छ्न्। मानिसहरुको हिंडडुल पनि सामन्य छ। धरानका पूर्व मेयर मनोज मेन्याङबोले चार जात ३६ वर्ण मिलेर बसेका यहाँका बसिन्दालाई केही व्यक्तिहरुले सद्भाव भा्डन खोजेको बताए। उनले यस्ता क्रियाकलापले धरानको बदनाम हुने भएकाले सम्यमित हुन सबैलाई आग्रह गरेका छन्। 

धरानका मेयर हर्क सम्पाङले पनि एक अपील जारी गर्दै धरनको सद्भाव र एकतालाई जोड दिन सबैलाई आग्रह गरेका छन्। यता देशभरबाट आएका हिन्दु समर्थकहरुले धरानमा प्रदर्शन गर्न नपाएपछि इटहरीमा प्रदर्शन गर्ने तयारी गरेका छन्। कोशी प्रदेश प्रहरी प्रमुख डिआइजी राजेशनाथ बास्तोलाले कानुनविपरीतका क्रियाकलाप गर्नेहरुलाई पक्राउ गरी कडा कारवाही गर्ने  चेतावनी दिएका छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.