गौ हत्या गर्नेलाई कारबाही नगरेको भन्दै गृहमन्त्रीविरुद्ध वीरगन्जमा प्रदर्शन, ५  जना पक्राउ

गौ हत्या गर्नेलाई कारबाही नगरेको भन्दै गृहमन्त्रीविरुद्ध वीरगन्जमा प्रदर्शन, ५  जना पक्राउ
आइतबार वीरगन्जमा गृहमन्त्रीविरुद्ध नाराबाजी र प्रदर्शन गर्दै युवा। तस्बिर : क्रान्ति शाह।
सुन्नुहोस्

वीरगन्ज : वीरगन्जमा आइतबार सरकार र गृहमन्त्री नारायणकाजी श्रेष्ठविरुद्ध युवाहरुको एक समुहले प्रदर्शन गरेको छ। 

धरानमा गौ हत्या गर्नेलाई कारबाही गर्न ढिलाइ गरेको भन्दै वीरगन्जका युवाहरुले सरकार र गृहमन्त्री श्रेष्ठविरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेका हुन्। 

वीरगन्जमा जिल्ला प्रशासन कार्यालय पर्साको नवनिर्मित भवनको उद्घाटन गर्न आइतबार बिहान गृहमन्त्री श्रेष्ठ कार्यक्रम स्थल पुगेकै बेला युवाहरुले प्रदर्शन गरेका हुन्। प्रदर्शनमा सहभागीहरुले गौ हत्या गर्नेहरुलाई फाँसी दे , गृहमन्त्री मुर्दावाद , गृहमन्त्री राजीनामा दे लगायतका नारा लगाएका थिए। 

त्यस क्रममा प्रदर्शनमा सहभागी पाँच जना युवाहरुलाई प्रहरीले नियन्त्रणमा पनि लिएको छ। पक्राउ पर्नेहरुमा वीरगन्ज १० का  मुन्नाकुमार साह, वीरगन्ज १ का विशाल कुमार , वीरगन्ज ८ का राज गुप्ता र वीरगन्ज ५ का प्रज्वल डंगोल रहेका छन्। 

उनीहरुलाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखेर अनुसन्धान भइरहेको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए। 

null


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.