लागूऔषध मुद्दाका प्रतिवादी पक्राउ
महोत्तरी : महोत्तरी प्रहरीले लागूऔषध मुद्दाका फरार एक प्रतिवादीलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा एकडारा गाउँपालिका-५ का ७० वर्षीय लक्ष्मी चौधरी रहेका छन्। आइतबार प्रहरीले पत्रकार सम्मेलनमार्फत उनलाई सार्वजनिक गरिएको हो।
लामो समयदेखि फरार रहेका उनलाई प्रहरीले वहेडा बजारबाट गएराति पक्राउ गरिएको महोत्तरीका डीएसपी दिलिपकुमार गिरीले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !