उच्च अदालतद्वारा मिथिलाको नगरसभाविरुद्धको रिट खारेज

उच्च अदालतद्वारा मिथिलाको नगरसभाविरुद्धको रिट खारेज
सुन्नुहोस्

ढल्केवर(धनुषा) : उच्च अदालत जनकपुरले मिथिला नगरपालिकाको नगरसभाविरुद्ध परेको रिट खारेज गरिदिएको छ। 

नगरपालिकाकी उपप्रमुख सुनिता सिंह बुढाथोकीलगायतले नगरसभाविरुद्ध उच्च अदालत जनकपुरमा दायर गरेको रिट आइतबार न्यायधीशद्वय रेखा थापा पाण्डे र सागर विष्टको संयुक्त इजालशले खारेज गर्ने फैसला सुनाएको हो।

रिट निवेदकको दावी नपुगेकोले नगरसभाविरुद्धको रिट खारेज गरिएको उच्च अदालत जनकपुरका रजिष्टार खड्गराज अधिकारीले अन्नपूर्णलाई जानकारी दिए। ‘नगरसभाको आमन्त्रणपत्र रिट निवेदकहरूले बुझ्नुभएको रहेछ। त्यसैले उहाँहरूको दावी पुगेन,’ उनले भने।

यसअघि १७ साउनमा न्यायाधीश रामेश्वर रेग्मीले विपक्षीका नाममा कारण देखाउ आदेश जारी गरेको थियो। विधि र प्रक्रिया मिचेर नगरसभा गरेको भन्दै उपप्रमुख बुढाथोकी सहितकाले नगरसभाविरुद्ध रिट दर्ता गराएका थिए।

गएको साउन १५ गते नगरपालिकाको नगरसभाको १२ औं अधिवेशनको उद्घाटन सत्रमा आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम र साउन १७ गते समापन समारोहबाट ७८ करोड २ लाख ६ हजार ७२७ रुपैयाको बजेट पारित गरेको थियो। 

उच्च अदालतको आदेशसँगै नगरसभाबाट पारित नीति, कार्याक्रम तथा बजेट कार्यान्वयनको बटो खुलेको छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.