हिरासतमा बलात्कार प्रकरण: छानविन समिति गठन

हिरासतमा बलात्कार प्रकरण: छानविन समिति गठन
सुन्नुहोस्

राजविराज : सप्तरीको कञ्चनरुपस्थित इलाका प्रहरी कार्यालयको हिरासतमा रहेकी महिलालाई कार्यालय प्रमुख डीएसपी दिपक कुमार रायले बलात्कार गरेको उजुरी बाहिरिएपछि प्रहरीले छानविन समिति गठन गरेको छ।

जिल्ला प्रहरी कार्यालयमा महिलाले बुधबार दिएको उजुरी दर्ता भने भएको छैन। उजुरी दर्ता नगरी घटनाबारे छानबिन गर्न मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामले सोही कार्यालयका एसएसपी प्रविण पोखरेलको नेतृत्वमा छानबिन समिति गठन गरेको जनाएको छ। 

समितिमा इन्स्पेक्टर सञ्जिब योञ्जन, वरिष्ठ सई प्रेमराज सुबेदी, प्रहरी सहायक हवल्दार दिलबहादुर खत्री र प्रहरी जवान संजय तामाङ रहेको एसएसपी पोखरेलले बताए।

उक्त टोली छानबिनका लागि सप्तरी आइपुगेको छ। सप्तरीमा अन्नपूर्णकर्मीको निवासमै पुगेर उनीहरूले भेटघाट गरेका छन्। अन्नपूर्ण पोस्ट् दैनिकमा प्रकाशित ‘प्रहरी हिरासतमै बलात्कार’ शीर्षकको समाचार पहिलो पटक शुक्रबार छापिएको थियो। 

डीएसपी रायबाट भएको भनिएको बलात्कार घटना पाँच महिनापछि सार्वजनिक भएपछि यो प्रकरणसँग जोडिएका शंकास्पद विवरणहरू खुल्दै गएको छ। प्रहरीले झुक्याएर जाहेरी लिएको र अनुसन्धानको प्रक्रिया शंकास्पद रहेको पनि भेटिएको छ।

भवितव्य ज्यान पाँच महिनापछि प्रहरीले कर्तव्य ज्यानमा परिणत गरेर मुद्दा चलाएको छ भने हिरासतमा भएको ‘बलात्कार’ घटना प्रहरीले सामसुम पारेको पाँच महिनापछि नै अन्नपूर्ण पोष्टले सार्वजनिक गरेको छ। 
‘सञ्चार माध्यममा सार्वजनिक हुनु अगावै सप्तरी प्रहरीले मधेस प्रदेश प्रहरी कार्यालयमा यसबारे कुनै जानकारी गराएन’ प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक महेन्द्र कुमार श्रेष्ठले भने ‘माथिल्लो कार्यालयलाई गम्भीर, संवेदनशील घटनाबारे जानकारी नदिएकोमा सप्तरी प्रहरीसँग पनि जानकारी मागिएको छ।’ 

गत बुधबार जिल्ला प्रहरीको नाममा उजुरी दिने ती महिलाले गत वैशाख १२ गते नै राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको ओसिएमसीमा प्रहरीले बलात्कार गरेको बताएकी थिइन्। हिंसा पीडितको स्वास्थ्य उपचार, सुरक्षा, आश्रय, कानुनी सेवा र उपचारजस्ता काम निःशुल्क रूपमा उपलब्ध गराउनुपर्ने ओसिएमसीबाट पनि यसबारे छानविन नभएपछि महिलाले आफ्ना कानुन व्यवसायी र आमामार्फत उजुरी दिएकी हुन्। 

बिमा रकम हत्याउन श्रीमानलाई कर्तव्य गरी महिलाले हत्या गरेको आरोप प्रहरीले लगाएको छ भने नेपाल लाइफ इन्स्योरेन्सले बिमा रकम नदिनका लागि षडयन्त्र गरी फसाएको महिलाको आरोप छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.