कर्णालीवासीको पहुँचमा छैन स्वास्थ्य बिमा

कर्णालीवासीको पहुँचमा छैन स्वास्थ्य बिमा
सुन्नुहोस्

सुर्खेत : स्वास्थ्य बिमा कार्यक्रम कर्णालीवासीको सहज पहुँचमा पुग्न सकेको छैन। भौगोलिक विकटता र सेवा प्रदायक स्वास्थ्य संस्थाको अभावका कारण कर्णालीवासीले चाहेर पनि सेवा उपभोग गर्न सकिरहेका छैनन्। जसले गर्दा हाल कर्णालीका करिब २३ प्रतिशत नागरिक मात्रै स्वास्थ्य बिमाको पहुँचमा छन्।

कर्णालीमा कुल जनसंख्या १६ लाख ८८ हजार ४१२ रहेको छ। तर हालसम्म ३ लाख ६७ हजार ८४० जना मात्र स्वास्थ्य बिमामा आवद्ध भएका छन्। स्वास्थ्य बिमा बोर्ड कर्णालीको यो तथ्याकंले पनि कर्णालीमा स्वास्थ्य बिमा कार्यक्रम बहुसंख्यक नागकिरको पहुँचमा छैन भन्ने देखाउँछ। 

प्रदेशमा सुविधायुक्त स्वास्थ्य संस्थाहरू नहुनु र भएका संस्थाहरू पनि भौगोलिक विकटताका कारण नागरिकको पहुँचबाहिर हुँदा समस्या भएको हो। अर्कोतर्फ सुविधा उपभोग गर्दा हुने झन्झटिलो प्रक्रियाका कारण पनि नागरिकले यो कार्यक्रम रुचाएका छैनन्। 

भौगोलिक विकटता र सेवा प्रदायक स्वास्थ्य संस्थाहरूको अभावले गर्दा कर्णालीमा अधिकांश नागरिकको पहुँचमा यो कार्यक्रम पुग्न नसकेको स्वास्थ्य बिमा बोर्डले जनाएको छ। बोर्डका कर्णालीकी प्रदेश संयोजक सिर्जना पौडेलले भनिन्,‘कर्णालीको भौगोलिक अवस्था निकै विकट छ, हुम्ला र डोल्पा लगायतका जिल्ला त एउटा मात्रै सेवा प्रदायक स्वास्थ्य संस्था छन्। नागरिकलाई सेवा लिनका लागि ती संस्थामा पुग्नै २ देखि ३ दिनसम्म लाग्छ, अनि नागरिकले ३५०० तिरेर कसरी सेवा लिन त्यति टाढा पुग्छन् ?’ 

दुर्गममा सेवा प्रदायक संस्थाको सहज पहुँच नभएकै कारण बिमाको पहुँच पनि कमजोर भएको उनको दाबी छ। दुर्गममा बिमाको सुविधा भए पनि उपचार सेवा भरपर्दो नहुँदा नागरिकहरू उपचारका लागि सुर्खेत नै पुग्नुपर्ने बाध्यता छ। यसले पनि दुर्गमका जिल्लामा बिमा प्रभावकारी हुन सकेको छैन। 

कर्णालीमा हाल २७ वटा सेवा प्रदायक संस्थामार्फत बिमा कार्यक्रमको सेवा प्रवाह भइरहेको छ। तर अस्पतालहरूले भने लामो समयदेखि बिमा बोर्डबाट रकम नपाउँदा उपचारमा समस्या भइरहेको गुनासो गरेका छन्। स्वास्थ्य सेवा कार्यालय दैलेखका निमित्त स्वास्थ्य व्यवस्थापक धर्मराज रेग्मीले भने,‘हामीले उपचारलाई निरन्तरता दिएका छौं, तर गत चैतदेखि बिमा वापतको रकम आएको छैन। रकम अभावमा अस्पतालको फार्मेसी सञ्चालनमा कठिनाइ भइरहेको छ, बिरामीलाई आवश्यकता अनुसारको औषधि दिन सकेका छैनौं।’ 

उनका अनुसार रकमको अभावका कारण अस्पतालको फार्मेसीमा औषधिको अभाव हुन थालेको छ। औषधि वितरकहरूले रकम भुक्तानीका लागि ताकेता गरिरहेका उनको भनाइ छ। 

यस्तै जिल्ला अस्पताल मुगुले पनि बिमा वापतको रकम पाएको छैन। अस्पतालका प्रमुख कमल ढुंगानाले रकम नपाएको भए पनि आफूहरूले उपचार सेवा नरोकेको बताए। लामो समदेखि रकम नआएको भन्दै उनले जेनतेन बिमा गरेका नागरिकको पनि उपचार गरिरहेको उनको भनाइ छ। 

यस्तै कर्णालीमा सबैभन्दा धेरै बिमा गरेका नागरिकको उपचार प्रदेश अस्पताल सुर्खेतमा हुने गरेको छ। यसकारण पनि यो अस्पतालमा बिरामीको भीड हुन्छ। अस्पतालका सूचना अधिकारी विनोद बस्नेतले भने,‘दुर्गममा सबै सेवा उपलब्ध नहुँदा बिरामीहरू हामीकहाँ आउँछन्, हामीले असार मसान्तसम्म बिमा वापतको सबै रकम पाएकाले पनि सेवा रोकेका छैनौं।’ उनले बिमा गरेका विरामीको उपचारलाई पनि हाल सहज बनाइएको बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.