बिर्तामोडमा माछा मार्ने क्रममा पैनीमा डुबेर एक युवकको मृत्यु

बिर्तामोडमा माछा मार्ने क्रममा पैनीमा डुबेर एक युवकको मृत्यु
सुन्नुहोस्

झापा : झापाको बिर्तामोडमा माछा मार्ने क्रममा पैनीमा डुबेर एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा बिर्तामोड नगरपालिका-१० स्थित तेलकानी निवासी २६ वर्षीय दिनेश हस्दा रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। 

प्रहरीका अनुसार मंगलबार बिहान हस्दा घर नजिकैको पैनीमा माछा मार्ने गएका थिए। माछा मार्ने क्रममा पैनीमा डुबेर घाइते भएका उनलाई तत्काल उद्धार गरी अस्पताल लगिएको थियो। 

उनको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाको बारेमा इलाका प्रहरी कार्यालय अनारमनिले थप अनुसन्धान गरिरहेको जनाइएको छ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.