रेसुंगा विमानस्थलबाट दुई महिनापछि पुनः हवाई उडान हुने

रेसुंगा विमानस्थलबाट दुई महिनापछि पुनः हवाई उडान हुने
सुन्नुहोस्

गुल्मी : गुल्मीको रेसुंगा विमानस्थलमा दुई महिनापछि पुनः हवाई उडान हुने भएको छ। गत वैशाखको अन्तिम सातादेखि नेपाल एयरलाइन्सले नियमित उडान सुरु गरे पनि मौसम प्रतिकुलताका कारण दुई महिनादेखि उडान रोकिएको थियो। 

एयरलाइन्सको प्रत्येक हप्ताको बुधबार र शुक्रबार उड्ने समय तालिका छ। तर आउँदो शुक्रबारदेखि नेपाल एयरलाइन्सले उडान भर्ने भएसँगै अनलाइन  टिकट बुकिङ खुला गरेको छ।

प्रत्येक हप्ता दुई दिन काठमाडौंबाट गुल्मीका लागि बिहान साढे ६ र रेसुंगा विमानस्थलबाट पौने ८ बजे  उडान गर्ने  समय तालिका छ। शुक्रबारका लागि काठमाडौंबाट गुल्मीको केही टिकट बुकिङ भइसकेको छ। काठमाडौंदेखि गुल्मीका लागि ६ हजार ५ सय र गुल्मीदेखि काठमाडौंका लागि ६ हजार ३ सय रुपैयाँ भाडादर कायम गरिएको रेसुंगा नगरपालिकाका सूचना प्रविधि अधिकृत सुरेश खनालले जानकारी दिए। 

प्रत्येक उडानमा यात्रुको संख्या ९ नपुगेमा बाँकी यात्रुको टिकट शुल्क बेहोर्ने गरी नेपाल एयरलाइन्ससँग सम्झौता भएको रेसुंगा नगरपालिकाका सूचना प्रविधि अधिकृत खनालले बताए। 

पछिल्लो समय शुक्रबार मात्रै उडान हुने भएको छ। यात्रुको चाप बढेमा शुक्रबार समेत उडान भर्ने रेसुंगा नगरपालिकाले जनाएको छ। नियमित उडान हुँदा यात्रुको चाप बढेसँगै सवारीमा गर्ने नागरिकको दुःखको यात्रा समेत टरेको थियो। 

रेसुंगा विमानस्थलमा विमान उडानका लागि बिहानी समय उपयुक्त मानिएको छ। रेसुंगा विमानस्थलबाट पछिल्लो पटक गत ६ असार बुधबार काठमाडौंबाट गुल्मीका लागि उडान भरे पनि मौसम खराबको कारण बीच बाटोबाटै काठमाडौं फर्किएको थियो। त्यसपछि रेसुंगा विमानस्थलबाट उडान हुन सकेको थिएन। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.