सम्झौता गरेको अवधि सकिँदा पनि निर्माण सुरु भएन

सम्झौता गरेको अवधि सकिँदा पनि निर्माण सुरु भएन
सुन्नुहोस्

रामेछाप : तीन वर्ष अवधिको ठेक्का सम्झौता रहेको तामाकोसी पुलको ठेक्का सम्झौता अवधि असार मसान्तमा सकिएको छ। तर पुल निर्माण कार्य अझै सुरु भएको छैन। 

राष्ट्रिय गौरवको मध्यपहाडी लोकमार्गमा पर्ने तामाकोसी पुल आउँदो असार मसान्तमा पूरा गर्नुपर्ने सम्झौता थियो। तर हालसम्म उक्त पुलको जगकै काम नभै म्याद सकियो। पुल निर्माणका लागि ३ वर्षमा ३ वटा मेसिनस साइटमा झारिएको छ। त्यसबाहेक अन्य प्रगति छैन। 

निर्माण व्यवसायीले पुल निर्माणका लागि झारेका सामान असरल्ल छन्। फलामे डण्डीमा खिया लागेर कामै नलाग्ने भएको छ। निर्माण स्थलमा झारिएका मेसिन महिनौदेखि चलेका छैनन्। समयमै पुल निर्माण हुने आशामा रहेका स्थानीयलाई समेत निरासा थपिएको छ। पुल बन्ला र सहजै आवतजावत गर्न पाइएला भनेको सपना मात्रै होला जस्तो छ स्थानीय निर्माण माझी बताउँछन्। माझीले भने, 'कतै कतै त ठेकेदार भगेर वर्षौं सम्म पुल नबनेको सुनेको थिए यस्तै होला जस्तो छ।'

आयोजनाले पुल निर्माण गरेको स्थानमा जग्गाको मुआब्जा समेत नदिएको स्थानीयको भनाइ छ। निर्माण व्यवसायीले स्थानीयको अनुमतीबिना नै आफ्नो प्रयोजनका लागि टहराहरू निर्माण गरेको मन्थली नगरपालिका-६ का कार्यवाहक वडाध्यक्ष मनोज थापाले बताए। आफ्नै जग्गामा जताततै खनेर भद्रगोल बनाएर निर्माण व्यवसायीले बलमिच्याईं गरेको थापाको गुनासो छ।

निर्माणको जिम्मा पाएको कम्पनीले समयमा काम नसक्नु निर्माण व्यवसायीको गैरजिम्मेवारीपन देखिएको थापा बताउँछन्। रामेछापका तत्कालीन प्रमुख जिल्ला अधिकारी शोभाखर रेग्मीको अध्यक्षतामा बसेको बैठकले तामाकोसी पुलको निर्माण कार्य अलपत्र पार्ने निर्माण व्यवसायीलाई तत्काल काम गर्न निर्देशन दिने निर्णय गरेको थियो। तर उक्त निर्णयबमोजिम निर्माण व्यवसायीलाई कारबाही प्रक्रियासमेत सम्बन्धित निकायले अघि बढाएको छैन। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.