स्रोत नखुलेको २५ लाख नेपाली रुपैयाँसहित भारतीय पक्राउ

स्रोत नखुलेको २५ लाख नेपाली रुपैयाँसहित भारतीय पक्राउ

ढल्केवर : स्रोत नखुलेको २५ लाख रुपैयाँसहित महोत्तरी प्रहरीले एक जना भारतीयलाई पक्राउ गरेको छ। स्रोत नखुलेको २५ लाख १० हजार नेपाली रुपैयाँसहित भारतको बिहार राज्य जिल्ला सितामढी ग्रामपंचायत बेला मचपकौनी बस्ने ३७ वर्षीय विनय साहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

मंगलबार दिउँसो मनराशिस्वा नगरपालिका-३ स्थित सुनौल ग्रामीण सडक खण्डमा विशेष सुराकीका आधारमा जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी इटहर्वाकट्टीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा साहलाई नियन्त्रणमा लिएको महोत्तरीका प्रहरी प्रवक्ता एवं  प्रहरी नायव उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिए।

उनका अनुसार साहले चलाई आउँदै गरेको बिआर ३० एस ८५८९ नम्बरको मोटरसाइकलको सिटमुनि लुकाई छिपाई राखेको अवस्थामा रकम बरामद गरिएको हो।

बरामद गरिएको रकमसहित पुरुषलाई आवश्यक कारबाहीका लागि जलेश्वगर भन्सार कार्यालय मलिवारा पठाउने प्रक्रिया भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। दुई दिनअघि मात्रै महोत्तरी प्रहरीले २६ लाख २० हजार रुपैयाँसहित अर्का एक भारतीय नागरिकलाई पक्राउ गरेको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.