...अनि परम्परागत घारमै सप्रिए मौरी

...अनि परम्परागत घारमै सप्रिए मौरी
मौरीपालन गरिरहेका सुनर्या— ७ का प्रेमबहादुर बिष्ट र घरमा राखिएका मौरीका घारहरू ।  तस्बिर : कृष्ण बिष्ट
सुन्नुहोस्

बैतडी : बैतडीको सुनर्या गाउँपालिका–७ छिडामालमका प्रेमबहादुर बिष्ट २५ वर्षदेखि परम्परागत रूपमा मौरीपालन गरिरहेका छन्। करिब ७० घार मौरी पाल्दै आएका बिष्ट वर्षमा दुई क्विन्टल मह उत्पादन गर्छन्। स्थानीय जातका मौरी पालेका बिष्टले परम्परागत तवरले व्यवसाय गरिरहेका हुन्।

स्थानीय जंगलको काठबाट मौरीका घारहरू बनाएका छन्। घरमा घार राख्न ठाउँ नभएपछि बाटो तथा भिरमा समेत मौरीका घारहरू राखेका छन्। ‘सुरुमा सानोबाटै मौरीपालानको सुरुवात गरेको हुँ, बढाउँदै यहाँसम्म ल्याई पुर्‍याएको छु, घार राख्ने ठाउँ नभएर चर्पीका भित्ता हुँदै बाटोको किनार र भिरपाखामा पनि राखेको छु,’ बिष्टले भने। 

बिष्टले श्रीमती र छोराछोरी गरी ६ जनाको परिवार मौरीपालन व्यवसायबाटै पालिरहेका छन्। वर्षमा दुई पटक मह निकाल्ने बिष्टले एक पटक मह निकाल्दा एक क्विन्टल मह निकाल्छन्। ‘चैत– वैशाखको बीचमा एक पटक र कात्तिक–मंसिरमा दोस्रो पटक गरी दुई पटक मह निकाल्छु, एक पटक निकाल्दा एक क्विन्टल बढी हुन्छ,’ बिष्टले भने। हालसम्म उत्पादन हुँदै आएको महले बजार पनि पाइरहेको छ। स्थानीय बजार र जिल्ला बाहिर पनि मह निकासी हुने गरेको छ। बजारमा महको माग बढ्दै गएकाले थप व्यवसाय विस्तार गर्न सके बजारको समस्या नरहेको बिष्ट बताउँछन्। 

परम्परागत तरिकाले नै मौरीपालन गरिरहेका बिष्टलाई मौरी जोगाउन निकै धौ–धौ हुने गरेको छ। स्थानीय काठका मुडाबाट बनाइएका घारहरूमा जंगली जनावर मलसाप्रोले मौरी खाने गरेको छ। मलसाप्रोबाट बचाउन उनलाई निकै समस्या रहेको छ। यसैगरी वर्षाद्को समयमा पनि चिसोबाट बचाउन निकै सकस हुने गरेको छ। बाटोको छेउ तथा भिरपाखामा राखिएका घारमा मौरी बचाउन निकै सकस हुने बिष्ट बताउँछन्। 

  •  परम्परागत तरिकाले नै मौरीपालन गरिरहेका बिष्टलाई मौरी जोगाउन निकै धौ–धौ हुने गरेको छ।
  •     बाटोको छेउ तथा भिरपाखामा राखिएका घारमा मौरी बचाउन भने निकै सकस छ ।

लामो समयदेखि मौरीपालन गरिरहेका बिष्टले हालसम्म कुनै निकायबाट सहयोग पाएका छैनन्। केही प्राविधिक तथा व्यावसायिक रूपमा मौरीपालनबारे तालिमसमेत पाएको अवस्थामा आफूले व्यवसाय वृद्धि गर्ने लक्ष्य रहेको उनी बताउँछन्। ‘अनुदान त परै जाओस्, सामान्य तालिम पनि पाइएन, रानी मौरीका व्यवस्थापनको बारेमा समेत तालिम पाएको छैन,’ बिष्ट भन्छन्, ‘आधुनिक घार र मौरीपालनबारे प्राविधिक तालिम पाए भने दुई सयभन्दा बढी घारमा मौरी पाल्न सक्छु,’ बिष्टले भने।

null

सुनर्या गाउँपालिका—७ को उक्त छिडामालम टोल मौरीपालनका लागि राम्रो सम्भावना रहेको अर्का स्थानीय वीरेन्द्र बिष्ट बताउँछन्। यहाँ प्राकृतिक रूपमा पनि राम्रो ठाउँ छ, मौरीपालनको हबको रूपमा यस क्षेत्रलाई विकास गर्न सकिन्छ, वीरेन्द्र भन्छन्। वीरेन्द्रले पनि १५ घार मौरी पालेका छन्। सुनर्या गाउँपालिकामै मौरीपालन व्यवसायलाई वृद्धि गर्न सकिने वीरेन्द्र बिष्ट बताउँछन्। 

मौरीपालन गरिरहेका किसानहरूको लागि अनुदानको कार्यक्रम ल्याउन लागेको सुनर्या गाउँपालिकाले जनाएको छ। मौरीपालन व्यवसायलाई आधुनिक प्रविधिको मौरीपालन गर्न प्रेरित गर्ने, घार व्यवस्थापनलगायतका कार्यक्रम ल्याउन लागेको सुनर्या गाउँपालिकाका कृषि शाखा प्रमुख नरेश बिष्टले बताए। ‘बिष्टले परम्परागत रूपमा मौरीपालन व्यवसाय गरिरहनु भएको रहेछ, हामीले उनको लागि थप कार्यक्रम ल्याउछौं,’ कृषि शाखा प्रमुख बिष्टले भने। 

मौरीपालन व्यवसायका लागि आएको बजेट फ्रिज

मौरीपालन व्यवसाय प्रवद्र्धनका लागि प्रदेश सरकारबाट आएको बजेट फ्रिज गएको देखिएको छ। गत आर्थिक वर्ष २०७९/०८० मा मौरीपालन व्यवसाय प्रवद्र्धनका लागि आएको बजेट फ्रिज गएको कृषि ज्ञान केन्द्र बैतडीका कृषि प्रसार अधिकृत नरेन्द्र चन्दले बताए।

‘हामीले पनि सूचना खोलेनौं, कोही आवेदन लिएर पनि आएनन्, त्यसपछि कार्यक्रम कार्यान्वयन गर्न सकिएन, कोही मौरीपालन व्यवसायसँग जोडिएका किसानहरूले सम्पर्क गरेको भए, कार्यान्वयन गर्न सकिन्थ्यो,’ अधिकृत चन्दले भने। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.