विद्यालयमा जंकफुड निरुत्साहित गर्न विद्यार्थीलाई टिफिन बक्स

विद्यालयमा जंकफुड निरुत्साहित गर्न विद्यार्थीलाई टिफिन बक्स
सुन्नुहोस्

ढल्केवर : सर्लाहीको चन्द्रनगर गाउँपालिकामा जंकफुड  निरुत्साहित गर्न सामुदायिक विद्यालयहरूमा टिफिन बक्स वितरण गरिएको छ। 

विद्यालयमा जंकफुड (पत्रु खाना) निरुत्साहित गरी बालबालिकाहरूलाई घरमा तयार गरिएको खाजा खाने बानीको विकास गरी विद्यार्थीहरूको पोषण, स्वास्थ्य र शिक्षण सिकाई सुधारका लागि टिफिन बक्स वितरण गरिरहेको गाउँपालिका अध्यक्ष राजकुमार महतोले जानकारी दिए।

उनका अनुसार टिफिन बक्स वितरणसँगै गाउँपालिकाले पोषण सम्बन्धी अनुशिक्षण कार्यक्रम सञ्चालन गरिरहेको छ। गाउँपालिकाका सामुदायिक विद्यालय अन्तर्गत कक्षा ६ देखि कक्षा १२ सम्मका १ हजार ६ सय विद्यार्थीलाई टिफिन बक्स वितरण गर्ने कार्यक्रम रहेको अध्यक्ष महतोले बताए।

बाल विकासदेखि कक्षा ५ सम्मका विद्यार्थीलाई विद्यालयमा नै दिवा खाजाको व्यवस्था हुने भएकाले कक्षा ६ देखि कक्षा १२ सम्मका विद्यार्थीलाई मात्रै टिफिन बक्स वितरण गर्ने योजना सञ्चालन गरिएको उनको भनाई छ।

हालसम्म तीनवटा विद्यालयका १ हजार ३३२ जना विद्यार्थीहरूलाई टिफिन बक्स वितरण गरिसकिएको गाउँपालिकाका शिक्षा शाखा प्रतिनिधि देनकुमार महतोले बताए।

विद्यार्थीहरूको पोषण र स्वास्थ्य अवस्था राम्रो बनाउन मद्दत गर्ने तथा विद्यालयमा शिक्षण सिकाइमा सुधार ल्याउने हेतुले गाउँपालिकाले आफनो सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १२ सम्मका विद्यार्थीलाई टिफिन बक्स वितरण तथा पोषण सम्बन्धी अनुशिक्षण कार्यक्रम संचालनमा ल्याएको गाउँपालिका अध्यक्ष महतो बताउँछन्।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.