लुम्बिनी प्रदेश एमालेको प्रथम अधिवेशनको तयारी पूरा
![लुम्बिनी प्रदेश एमालेको प्रथम अधिवेशनको तयारी पूरा](https://annapurnapost.prixacdn.net/media/albums/Untitled-1_0d2BsiLjSu_Bwq5JtOiOm.jpg)
काठमाडौं : नेकपा एमालेको प्रथम लुम्बिनी प्रदेश अधिवेशन शनिबारदेखि बुटवलमा सुरु हुँदैछ।
दुई दिनसम्म चल्ने अधिवेशनको सबै तयारी पूरा भएको एमालेले जनाएको छ। अधिवेशनमा प्रदेशका १२ जिल्ला र जनसंगठनबाट समेत गरी १ हजार ४ जना प्रतिनिधिले भाग लिने अधिवेशन आयोजक कमिटीले शुक्रबार बुटवलमा पत्रकार सम्मेलन गरि जानकारी दिएको छ।
पत्रकार सम्मेलनमा एमाले लुम्बिनी प्रदेश इञ्चार्ज पद्मा अर्यालले बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुने प्रदेश अधिवेशनको एमाले अध्यक्ष केपी ओलीले उद्घाटन गर्ने जानकारी दिइन्। अधिवेशनबाट प्रदेशको नेतृत्वमा आउनका लागि निर्वाचन समेत गरिने बताइएको छ। इन्चार्ज अर्यालले सहमतीय नेतृत्व चयनका लागि बाटो खुला गरेको र सहमतिमा पुग्न नसके निर्वाचनबाट टुंगो लगाउने बताइन्।
प्रदेश कमिटीको अध्यक्ष पदका लागि राधाकृष्ण कँडेल र हरिप्रसाद रिजालले प्रचार प्रसार गर्दै आएका छन्। इन्चार्ज अर्यालले प्रदेशको नेतृत्वका लागि आकांक्षीहरू धेरै भए पनि पार्टीमा कुनै प्रकारको गुट नरहेको दावी गरिन्।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)