रुपान्तरण अभियानले आजको युगको नेतृत्व गर्ने विचार निर्माणको आधार बनाउँछ : प्रचण्ड

रुपान्तरण अभियानले आजको युगको नेतृत्व गर्ने विचार निर्माणको आधार बनाउँछ : प्रचण्ड
तस्बिर : प्रदिपराज वन्त, प्रधानमन्त्री सचिवालय

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनसम्बन्ध कमजोर हुँदै जाने परिस्थितिसँग सिर्जना भएको संकट चिर्न अभियानले नयाँ प्राण भर्ने बताएका छन्। पार्टी मुख्यालय पेरिसडाँडाबाट आज बिहान ‘जनतासँग माओवादी’विशेष रुपान्तरण अभियानको उद्घाटन गर्दै प्रचण्डले पार्टीको जीवन र जनताको सपना पूरा गर्ने ऐतिहासिक दिन आजलाई बनाउनुपर्ने बताएका हुन्।

उनले आजको युगको नेतृत्व गर्ने विचार निर्माण गर्ने आधार तयार पार्ने उल्लेख गरे। प्रचण्डले विशेष रुपान्तरण अभियानले जनतामाझ पुगेर आजको युग सापेक्ष अग्रगामी सभ्य राजनीतिक संस्कार र चिन्तनको समेत विकास गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे। 

प्रधानमन्त्रीसमेत रहेका प्रचण्डले सरकारका तर्फबाट भएका जनपक्षीय कामको प्रचार गर्न निर्देशन दिए। उनले आफूले गरेका राम्रा काम पनि जनतामाझ पुग्न नसकेको धारणा राखे। उनले जनतामा छाएको निराशालाई हटाउन अभियानले भूमिका खेल्ने बताए। 

उनले माओवादीले मात्र समृद्ध नेपाल निर्माण गर्न सक्ने बताए।

null

गत साउन तेस्रो साता राजधानीमा बसेको माओवादीको केन्द्रीय समितिको चौथो पूर्ण बैठकले पार्टी र सरकारको सन्देश प्रत्येक घरघरमा पुर्‍याउने उद्देश्यसहित अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो।

अभियानअन्तर्गत पार्टी अध्यक्ष प्रचण्डले नेतृत्व गरेको सरकारले गरेका भ्रष्टाचार नियन्त्रण, सुशासन प्रवद्र्धन, सेवा प्रवाहमा गरिएको सुधारलगायत जनपक्षीय कामको प्रचारप्रसार गरिने, पार्टीभित्रको समस्या तथा अन्तरविरोधको पहिचान गर्ने, माओवादी नेता तथा कार्यकर्ता जनतासँग नपुग्नेलगायत गुनासाको प्रभावकारी समाधान खोजिने माओवादीले जनाएको छ। प्रचण्डले अभियान उद्घाटन गरेसँगै देशभरका छ हजार सात ४३ वडामा एकसाथ अभियान सञ्चालन गर्ने गरी माओवादीले तयारी गरेको छ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.