साम्पाङ जिम्मेवार बनून्

साम्पाङ जिम्मेवार बनून्
सुन्नुहोस्

मनोजकुमार मेम्याङ्बो

धरान बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक नगर हो। यहाँ सबै जाति र धर्ममा आस्था राख्ने मानिस मिलेरै बसेका छन्। केही दिनदेखि केही गतिविधिका कारण धरानमा सामाजिक सद्भाव बिथोल्ने प्रयास भइरहेको छ। स्थानीय प्रहरी प्रशासन, सबै राजनीतिक दल, पूर्वजनप्रतिनिधि र आमधरानवासीको पहलकदमी र संयमताले धरानमा कुनै अप्रिया घटना भने हुन पाएन। धरान उपमहानगरपालिकाका यावत् समस्या छन्। त्यसको हल गर्नु नगरप्रमुख हर्क साम्पाङको प्रमुख दायित्व हो। तर, साम्पाङका गलत क्रियाकलापले यहाँको सामाजिक, राजनीतिक सद्भावमा दरार सिर्जना भएको छ।

साम्पाङका सुरुवाती कामहरू प्रशंसायोग्य रहे। पछिल्लो समय धरानमा देखिएको समस्यालाई समाधान गर्न मेयर साम्पाङको समन्वयकारी भूमिका शून्य छ। साम्पाङले कर्मचारी सञ्चालन, नगरको समग्र विकासमा भने समन्वयकारी भूमिका निर्वाह गरेको पटक्कै देखिँदैन। उनका कैयौं क्रियाकलाप अमर्यादित र अशोभनीय छन्। एउटा उपमहानगरको मेयरले सामाजिक सञ्जालमा अन्ठ–सन्ठ लेख्ने, विरोधी र फरक विचार राख्नेलाई पदीय मर्यादा भुलेर अभिव्यक्ति दिने जस्ता काम खेदजनक छन्। लोकप्रिय मतले निर्वाचन जितेर आएको भन्दैमा विधि, प्रक्रिया र नियम मान्दिनँ भन्न पाइँदैन। कानुन सबैलाई बराबरी हुन्छ। साम्पाङले केन्द्र र प्रदेश सरकार, मन्त्री र जनप्रतिनिधिलाई सञ्जालमा गाली गरिरहेको देखिन्छ। प्रदेश र केन्द्र सरकारसँग समन्वय गरेर विकासका लागि बजेट माग गर्नुपर्ने हो तर, त्यो देखिँदैन। मेयर साम्पाङ एकल निर्णयमा चलिरहेका छन्। धरान खानेपानी व्यवस्थापनको बैठक नराखी तोक आदेशले सञ्चालन भइरहेको छ। 

विधि प्रक्रियाअनुसार नगरपालिका सञ्चालन गरेको पाइँदैन। कर्मचारीलाई स्वइच्छाले बर्खास्त गर्ने, नियुक्ति गर्ने र कारबाही गर्ने गरेका छन्। जनताले दिएको आर्थिक सहयोगको पारदर्शिता नहुनु आर्थिक अपचलन नै हो। यसलाई आर्थिक पारदर्शिता गरी संस्थागत गरिनुपर्छ। मेयरको काम कर्तव्य र अधिकारलाई प्रत्यायोजन गरी मर्यादामा बसेर जिम्मेवार बन्ने हो कि, साम्पाङजी !

मेम्याङ्बो धरानका पूर्वमेयर हुन् । 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.