महोत्तरीको सोनमामा विद्यार्थी र प्रहरीबीच झडप, २३ सेल अश्रुग्यास प्रहार

महोत्तरीको सोनमामा विद्यार्थी र प्रहरीबीच झडप, २३ सेल अश्रुग्यास प्रहार
सुन्नुहोस्

ढल्केवर : महोत्तरीको सोनमा गाउँपालिकामा आन्दोलनरत विद्यार्थी र प्रहरीबीच झडप भएको छ। आन्दोलनमा उत्रिएका विद्यार्थीहरूले मोटरसाइकलमा आगजनी गरेपछि स्थिति तनावग्रस्त बनेको हो।

शिक्षक सरुवाको विषयलाई लिएर सोनमा माध्यमिक विद्यालयका विद्यार्थीहरूले मंगलबार दिउँसो गाउँपालिका कार्यालय घेराउ गर्न पुगेका थिए। 

त्यसैक्रममा आन्दोलित विद्यार्थीहरूले मोटरसाइकलमा आगजनी गरेपछि झडप भएको महोत्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दिलिपकुमार गिरीले जानकारी दिए।

उनका अनुसार विद्यार्थीहरू प्रहरीमाथि ढंगामुढा गर्न थालेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले २३ सेल अश्रुग्यास प्रहार गरेको हो। ढुंगामुढाबाट आधा दर्जन प्रहरी घाइते भएको बताइएको छ। अहिले त्यहाँको अवस्था सामान्य भइसकेको प्रहरी नायव उपरीक्षक गिरीले बताए।

विद्यालयमा तीनजना शिक्षकको सरुवा गरेपछि विद्यार्थी आन्दोलनमा उत्रिएका हुन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.