नुवाकोटमा आँखा पाक्ने समस्या घट्दै
नुवाकोट : आँखा पाक्ने संक्रमण पछिल्लो दुई सातादेखि नुवाकोटमा घट्दै गएको छ। एक महिनाअघि जिल्लामा दैनिक २ सयभन्दा बढीमा आँखा पाक्ने समस्या देखिएको थियो।
पहिलेको तुलनामा हाल आँखाका बिरामी ७० प्रतिशत घटेको चिकित्सकले बताएका छन्। काठमाडौंसँगै जोडिएको नुवाकोटमा आँखा पाक्ने समस्या बढ्दै गएको कारण तीन साता अगाडि निकै समस्या आएको थियो। आँखा पाक्ने समस्याले विद्यालय, क्याम्पस, कार्यालय, बजार सबै क्षेत्रमा प्रभावित पारेको थियो।
त्रिशूली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष राजु पण्डितले संक्रमित दर बहिरंग विभागका कूल बिरामीमध्ये अधिकतम १० देखि १५ प्रतिशतमा सीमित भइसकेको बताए।
प्रतिक्रिया दिनुहोस !
४