डलरमा आकर्षण बढ्दा सुनको मूल्य घट्यो

डलरमा आकर्षण बढ्दा सुनको मूल्य घट्यो

काठमाडौं : अमेरिकी डलरमा आकर्षण बढ्दा सुनको मूल्यमा सामान्य कमी आएको छ। अमेरिकी डलर मजबुत बन्दै गएका कारण त्यसतर्फ लगानीकर्ता आकर्षण हुँदा विश्व बजारमा सुनको मूल्यमा सामान्य कमी आएको हो। 

डलरको मूल्य मजबुत बन्दै गर्दा त्यसले सुन बजार अनिश्चित बनेकाले बजारमा उतार चढाव देखिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। डलरप्रतिको आकर्षण कायमै रहे सुनको मूल्यमा कमी आउन सक्ने महासंघको आकलन छ। 

नेपाली बजारमा यो साताको पहिलो दिन आइतबार प्रति १० ग्राम ९६ हजार ५ सय ३५ रुपैयाँ रहेको सुनको मूल्य साताको दोस्रो दिन सोमबार साताकै सबैभन्दा बढी अर्थात् प्रति १० ग्राम ९६ हजार ८ सय ८० रुपैयाँसम्म पुगेको थियो। 

त्यसपछि ओरालो लागेको सुनको मूल्य साताको अन्तिम कारोबार भएको दिन शुक्रबार प्रति १० ग्राम ९६ हजार २ सय ८० रुपैयाँमा झर्‍यो। जुन साताको पहिलो दिनको तुलनामा अन्तिम दिन प्रति १० ग्राम २ सय ५५ रुपैयाँले कम हो भने साताकै उच्च मूल्य कायम भएको दिन सोमबारको तुलनामा प्रति १० ग्राम ६०० रुपैयाँले कम हो। 

यो साता चाँदीको मूल्यमा पनि सामान्य कमी आएको महासंघले बताएको छ। साताको पहिलो दिन १ हजार २ सय ५२ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य दोस्रो दिन साताकै सबैभन्दा बढी अर्थात प्रति १० ग्राम १ हजार २ सय ५६ रुपैयाँ कायम भयो। 

साताको अन्तिम कारोबार भएको दिन शुक्रबार प्रति १० ग्राम चाँदीको मूल्य १ हजार २ सय ४ रुपैयाँ ५० पैसामा झरेको छ। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.