ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु

ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु
सुन्नुहोस्

चितवन : पुर्व पश्चिम राजमार्गमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा ट्रक चालक नवलपुर गैडाकोट- १ का प्रकाश कुंवरको मृत्यु भएको हो।

शनिबार बिहान साढे ६ बजे राप्ती नगरपालिक- ३ झुरझुरेस्थित बासुकी पेट्रोल पम्प अगाडि भण्डाराबाट पूर्वतर्फ जाँदै गरेको प्र.२-३-००२ ख ५६०९ नम्बरको ट्रक र विपरित दिशातर्फ आउँदै गरेको ना ३ ख ५४८८ नम्बरको ट्रक आपसमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी बिजय पन्डितले जानकारी दिए । टाउकोमा गम्भीर चोट लागेका उनको उपचारको क्रममा पुरानो मेडिकल कलेजमा उपचारको बिहान सबा सात बजे मृत्यु भएको पन्डितले बताए । 

अर्का ट्रकका सहचालक रौतहट बौधिमाई- २ का १८ वर्षीय रबिनकुमार यादवको उपचार भइरहेको छ भने चालक बाराको निजगढका २८ वर्षीय निकेश राउत कुर्मि सामान्य भएको चितवन प्रहरीले जनाएको छ ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.