सितोरियो करातेमा दावा
निर्वाचित पदाधिकारी तथा सदस्यलाई निर्वाचन टोलीका प्रमुख गोपीबहादुर भण्डारी र नेपाल कराते महासंघका अध्यक्ष युवराज लामाले पद तथा गोपनियताको सपथ गराएका थिए। नेपाल सितोरियो कराते संघको नयाँ संशोधित विधान अनुरुप केही पदमा मनोनित गर्न बाँकी छ।
काठमाडौं : बाराको निजगढमा भएको नेपाल सितोरियो कराते संघको दोस्रो साधारणसभा तथा महाधिवेशनबाट अध्यक्षमा दावा गुरुङ सर्वसम्मत रुपमा निर्वाचित भएका छन्। यसैगरी वरिष्ठ उपाध्यक्षमा मजेन्द्र सिंह, उपाध्यक्षमा राजीव थापा, किशोर भट्टराई र पाल्छाङ हेन्जन निर्वाचित भए।
यस्तै सदस्यमा देवकुमार लामा, प्रकाशमोहन धौवडेल ,प्रेमलाल बोम्जन, विजयमान थापा, मिलनराज प्रसार्इं, हरिबहादुर घर्ती, राजेन्द्र बराल, हेमन्तकुमार मल्ल, मनिराम थापा, उमा महतो, विजय बस्नेत, धर्मप्रसाद न्यौपाने, विजय गुरुङ, मधु लामा, राधिका देउला, जानकी सेढाईं, कृष्ण गौतम, प्रेमबहादुर राना र ज्ञानबहादुर जिम्वा निर्वाचित भए।
निर्वाचित पदाधिकारी तथा सदस्यलाई निर्वाचन टोलीका प्रमुख गोपीबहादुर भण्डारी र नेपाल कराते महासंघका अध्यक्ष युवराज लामाले पद तथा गोपनियताको सपथ गराएका थिए। नेपाल सितोरियो कराते संघको नयाँ संशोधित विधान अनुरुप केही पदमा मनोनित गर्न बाँकी छ।
अब उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष र सल्लाहकारसहित अन्य थप सदस्य मनोनित गर्ने अधिकार अध्यक्षलाई दिएको छ। यसअघि साधारणसभाको उद्घाटन नेपालमा सितोरियो करातेका संस्थापक थानेश्वर राईले गरेका थिए।