चितवन पुगेर शेखर कोइरालाले भने- तपाईँहरूलाई अन्याय हुन दिन्न

चितवन पुगेर शेखर कोइरालाले भने- तपाईँहरूलाई अन्याय हुन दिन्न
सुन्नुहोस्

चितवन : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कार्यकर्तामाथि अन्याय हुन नदिने बताएका छन्। पार्टीभित्र न्यायोचित व्यवहार नभएको कार्यकर्ताको गुनासो आइरहँदा उनले कार्यकर्तालाई आश्वास्त पारेका हुन्।

टिकट वितरण प्रणालीले बढेको असन्तुष्टिले निर्वाचनमा असर गरेको उनको भनाइ छ। त्यसका लागि आफूले अफ्ठ्यारो परिस्थितिमा आफूलाई सम्झिन कार्यकर्तालाई आग्रह गरे। 'तपाईँहरूलाई अब अन्याय हुन दिन्न। मेरो वाचा भयो। अफ्ठयारो परिस्थति आए मलाई सम्झनुहोस्, म सहयोग गर्न तयार छु,' चितवनमा आयोजित सम्मेलनमा उनले भने। टिकट वितरण प्रणालीमा बेग्लै मापदण्ड बनाउनुपर्ने उनले बताए।

कोइरालाले मुलुक अराजकताको बाटोमा लागेको बताए। राजनीतिमा आर्थिक, सामाजिक, धार्मिक र कूटनितिक अराजकताले आक्रमण गरेको बताए। राजनीतिक तिक्तता बिर्सेर एक नभए कांग्रेस खतरामा पर्ने भन्दै उनले गुट बिर्सिन आग्रह गरे। 'गुटलाई महत्व नदिनुस्। गुटको गिरोह हराउन लाग्नुस्। राजनीतिमा अराजकता फैलियो। कांग्रेसलाई चारैतीरबाट आक्रमण भएको छ। सबै एकजुट हुने हो भने कांग्रेस हल्लाउने तागत कसैसँग छैन,' उनले भने।

 
बीपीलाई सम्झिने हो भने स्वार्थ त्याग्न उनको आग्रह छ। पार्टीको गुट अधिवेशनमा मात्रै सिमित हुनुपर्ने बताउँदै  वडाबाट सुरु भएको पार्टीको गुटले केन्द्रसम्म पुगेको बताए। 'कार्यकर्तालाई अन्याय भएको छ। तर त्यसको सजाय स्थानीय र केन्द्रको निर्वाचनमा दिन भएन। यसले कांग्रेसलाई कमजोर बनाउँछ कोइरालाले भने, 'ब्यक्तिवादी चरित्रमा नरमाउनुस्। स्वार्थमा नलाग्नुस्।'
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.