८० वर्षमा पूरा भयो रारा हेर्ने धोको
मुगु : राउटे समुदायका दारे मष्टा धानी ८० वर्षका भए। आफ्नो जीवनकालमा धेरै उकाली ओराली धाए। नेपालका कतिपय ठाउँ घुमे कतिपय ठाउँ चाहेर पनि पुग्न सकेनन्।
चाहेर पनि पुग्न नसकेका धेरै ठाउँ छन्। ती मध्येको एक हो रारा ताल। रारा ताल हेर्ने तीव्र इच्छा भएपनि त्यहाँ जान जुरेको थिएन उनलाई। यसपाली भने उनको रारा हेर्ने धोको पूरा भएको छ।
आफ्ना दुईजना सहयोगीको साथमा दैलेखको दुल्लुबाट सदरमुकाम गमगढी पुगेका ८० वर्षीय राउटे समुदायका दारे मष्टा धामी चार घण्टा हिँडेर रारा पुगेका छन्।
सहयोगी प्रकाश शाही र सेरबहादुर शाहीका साथ गमगढी आइपुगेका ८० वर्षीय धामी मानवीर शाही सदरमुकामबाट चार घण्टा हिँडेर रारा पुगेका हुन्।
'आफ्नो समुदयसँग धेरै स्थानमा पुगियो तर रारा आउन सकिएको थिएन । रारा आउने धेरै पटक आँट गरेको थिएँ । आउन सकिएन। यो पटक रारा पुग्नकै लागि भाइ प्रकाश शाही र ज्वाइँ शेरबहादुर शाहीका साथ आएँ ,' मानवीरले भने।
राराबाट दैलेखको दुल्लु जाने तयारी भएको मानवीरका भाइ प्रकाशले बताए ।