ड्युटीमा रहेका प्रहरीमाथि आक्रमण गरी हतियार लुट्ने गिरोह पक्राउ

ड्युटीमा रहेका प्रहरीमाथि आक्रमण गरी हतियार लुट्ने गिरोह पक्राउ
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

विराटनगर  : सुनसरीको बर्जु गाउँपालिका–१ शुक्रबारेमा सादा पोशाकका प्रहरीमाथि आक्रमण गरेर हतियार र गोली लुट्ने हतियारधारी गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ परेका ७ जनामध्ये एकजना बालक पनि छन् । 

गिरोहलाई मोरङको बूढीगंगालगायतका स्थानबाट पक्राउ गरेर  आइतबार जिल्ला प्रहरी कार्यालय मोरङमा  पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको छ । कोसी प्रदेश प्रहरी प्रमुख डीआईजी राजेशनाथ बास्तोला, मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेल, सुनसरी प्रहरी प्रमुख एसपी विपिन रेग्मीलगायतमा प्रहरीको उपस्थितिमा पत्रकार सम्मेलन गरिएको हो । 

पक्राउ पर्नेमा सुनसरीको दुहवी नगरपालिका–४ का ३२ वर्षीय नसुदिन मिया, दुहवी–१ का ३० वर्षीय मोहमद अलिम मुर्तुजा, १४ वर्षीय बालक, मोरङको बूढीगंगा गाउँपालिका–४ का ४० वर्षीय रिजवन मिया, २५ वर्षीय सिजाम आलम ९मोबाइल सेन्टरका सञ्चालक०, बूढीगंगा–५ का २१ वर्षीय मोहमद नजरुल मिया र सुनसरी दुहवी–६ मा बस्ने भारतीय नागरिक ४० वर्षीय मोहमद आलम रहेका छन् । 

मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार पक्राउ परेकामध्ये रिजवान २०६४ देखि २०७९ सम्म मोरङ र सुनसरीमा भएका विभिन्न १० वटा अपराधमा संलग्न भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनीविरुद्ध डाँका, चोरी, हातहतियार खरखजना, ज्यान मार्ने उद्योगलगायतका मुद्दा अदालतमा दर्ता भएको छ । रिजवान २०६४ को डाँका र २०६५ को डाँका ज्यान मुद्दाका फरार प्रतिवादी रहेको डीएसपी दाहालले बताए । 

उनका अनुसार पक्राउ परेको गिरोहबाट ठूलो चाइनिज पेस्तोल, कटुवा पेस्तोल, रड, चक्कु, मोटरसाइकल, १ लाख ७५ हजार बढी नेपाली रुपैयाँ, ११ हजार ६ सय भारतीय रुपैयाँ, डलर, सुनको जस्तो देखिने झुम्का र तिलहरी, चाँदीको जस्तो देखिने पाउजू र सिक्रीलगायतका विभिन्न सामान बरामद भएको छ । ठूलो चाइनिज पेस्तोल प्रहरीबाट लटिएको हो । कटुवा पेस्तोल गिरोहले अपराधिक धन्दामा प्रयोग गर्ने गरेको थियो । प्रहरीबाट लुटिएको पेस्तोल रिजवानको घरको छानमा लुकाएर राखेको अवस्थामा बरामद भएको डीएसपी दाहालले बताए । 

मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलका अनुसार पक्राउ परेको गिरोह श्रृङ्खलाबद्ध लुटपाटमा संलग्न रहेको खुलेको छ । गिरोहले हातहतियार देखाएर डर, त्रास सिर्जना गरेर लुटपाट गर्ने गरेको उनले बताए । चोरी नियन्त्रणका लागि सुनसरीको इलाका प्रहरी कार्यालय दुहवीबाट खटिएको प्रहरीमाथि बर्जु–१ मा शुक्रबार बिहानका राति यो गिरोहले आक्रमण गरेको थियो । 

घटनास्थल विराटनगर महानगरपालिका–५ नजिकै छ । घटनास्थल आसपासका स्थानमा अत्यधिक चोरी र लुटपाट भइरहेको विशेष सूचना प्रहरीले प्राप्त गरेको थियो । उक्त एरियामा मोटरसाइकलमा यात्रा गर्नेलाई नियन्त्रणमा लिँदै हतियार देखाएर लुटपाट गर्ने समूह सक्रिय रहेको प्रहरीको भनाइ छ । त्यस सम्बन्धित सूचना संकलन गर्न र घटनालाई नियन्त्रणमा लिन दुहवीबाट प्रहरी जवान बिमन परियार र प्रेम चौधरीलाई सादा पोशाकमा खटाइएको थियो । परियार र चौधरी पुग्नासाथ एउटा समूहले प्रहरीमाथि आक्रमण गरेको थियो । 

आक्रमणपछि प्रहरीलाई घाइते बनाएर हतियार र गोली लुटेर उक्त समूह फरार बन्यो । आक्रमणबाट प्रहरी जवान परियारको टाउकोमा चोट लागेको छ । आक्रमणकारीले प्रहरीको साथमा भएको ठूलो चाइनिज पेस्तोल, एउटा म्यागजिन र सात राउण्ड गोली लुटेको थियो । घटनापछि अपराधिक गिरोहको खोजीका लागि कोसी प्रदेश प्रहरी प्रमुख डीआईजी राजेशनाथ बास्तोला, मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेल र सुनसरी प्रहरी प्रमुख एसपी विपिन रेग्मीले प्रहरीका विभिन्न टोली परिचालन गरेका थिए । 

लुटिएकोमध्ये प्रहरीले पेस्तोलको छ राउण्ड गोली, म्यागजिन,गोलीको खाली खोका यसअघि फेला पारिसकेको छ । साथै, उक्त गिरोहले कटुवा पेस्तोलमा प्रयोग गर्ने एक राउण्ड गोली बरामद भएको थियो । प्रहरीबाट लुटिएको पेस्तोल भने मोरङको बूढीगंगाबाट बरामद भएको हो । पक्राउ परेकाविरुद्द डाँका, हातहतियार खरखजना र संगठित अपराधमा मद्दा चलाउने प्रहरीको तयारी छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.