मदन भण्डारी राजमार्ग : रुख छोड्दै,सडक खन्दै

मदन भण्डारी राजमार्ग : रुख छोड्दै,सडक खन्दै
मदन भण्डारी राजमार्गअन्तर्गत सुर्खेतको पश्चिम खण्डमा रुखलाई बिचमै छोडेर निर्माण हुँदै गरेको सडक । तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

सुर्खेत : मदन भण्डारी राजमार्गअन्तर्गत सुर्खेत खण्डमा स्तरोन्नतिको काम भइरहेको छ । तर जिल्लाको पूर्वी खण्डमा धमाधम काम भइरहे पनि पश्चिम खण्डमा भने सडक निर्माणमा कठिनाइ भइरहेको छ । रुख कटानको अनुमति नआउँदा सडक निर्माणमा समस्या भएको हो ।

मदन भण्डारी राजमार्गअन्तर्गत सुर्खेतको पश्चिम क्षेत्रमा बड्डीचौरदेखि बल्देसम्म ४५ किलोमिटर सडकको स्तरोन्नति हुँदैछ । उक्त खण्डको अधिकांश क्षेत्रमा जंगल पर्ने भएकाले सडक विस्तार गर्दा रुख काट्नुपर्ने बाध्यता छ । 

तर, संघीय मन्त्रिपरिषद्बाट रुख काट्ने अनुमति नपाउँदा सडकको स्तरोन्नतिमा कठिनाइन भइरहेको मदन भण्डारी राजमार्ग आयोजना कार्यालय सुर्खेतले जनाएको छ । रुख कटानको अनुमति नपाएपछि हाल सडकमा पर्ने रुखहरु छोड्दै सडक खन्ने कामलाई निरन्तरता दिइएको छ ।

वीरेन्द्रनगरबाट जिल्लाको पश्चिम क्षेत्रलाई जोड्ने यो सडकको हालसम्म स्तरोन्नति नहुँदा त्यस क्षेत्रका बासिन्दाले सास्ती भोग्दै आएका छन् । तर पछिल्लो समय मदन भण्डारी राजमार्ग अन्तर्गत यो सडक खण्ड परेपछि स्तरोन्नति गर्न थालिएको छ । ट्रयाक खुलेको २९ बर्षपछि स्तरोन्नतिको प्रक्रिया अगाडि बढ्दा स्थानीयहरु हर्षित बनेका छन् । तर, संघीय सरकारले रुख काट्ने अनुमति नदिदा सडक निर्माणले गति नलिएपछि समयमै काम सम्पन्न नहुने आशंका बढेको छ । पश्चिम खण्डमा सडकको स्तरोन्नति गर्न तीन खण्डमा विभाजन गरिएको छ ।

null

जसअन्तर्गत बड्डीचौरदेखि खम्बागाडेसम्म १३ किलोमिटर खण्ड पर्दछ । त्यसमा ७ किलोमिटर जंगल क्षेत्र छ ।  समयमा रूख कटानको आदेश नआउदाँ काममा ढिलाइ भइरहेको हो । रुख कटान नहुँदा सडक विस्तारमा अवरोध भए पनि हाल उक्त खण्डमा नाला, ग्याबिन, कल्भर्ट लगायतका काम भने भइरहेको छ । 

यस्तै विद्यापुरदेखि बल्देसम्मको सडक खण्ड २२ किलोमिटर लामो छ । यो खण्डको आईईई स्वीकृत भइसकेको छ । तर यो खण्डमा पनि रुख कटान आदेशका लागि वन मन्त्रालयमा फाइल पठाइको भएपनि अनुमति आएको छैन । राजमार्गको विस्तार हुने क्षेत्रमा पर्ने रुखको कटानका लागि अनुमति नपाउँदा कामको गतिमा अलमल भइरहेको मदन मण्डारी राजमार्ग आयोजना कार्यालय सुर्खेतले जनाएको छ । 

आयोजना कार्यालय सुर्खेतका प्रमुख शम्भुप्रसाद आचार्य भन्छन्,‘सुर्खेतको पूर्वी खण्डमा पहिले नै रुख कटानको अनुमति पाएकाले त्यहाँ धमाधम काम भइरहेको छ,तर पश्चिम खण्डमा भने रुख कटानका लागि मन्त्रालयमा फाइल गइसकेको छ । तर हालसम्म कटानको अनुमति आएको छैन, रुख काट्ने अनुमति नआउँदा सडकको बिचमा पर्ने रुखलाई छोड्दै सडक खन्ने काम भइरहेको छ ।’

हाल यो खण्डमा सडकको ट्रयाक खोल्ने र चौडा बनाउने काम भइरहेको छ । अब रुख कटानको कानुनी प्रक्रिया पूरा भएपछि विस्तृत काम अघि बढ्ने र निर्माणको कामले पनि गति लिने आयोजना कार्यालयले जनाइएको छ । विभाजन गरिएका तीन वटा खण्ड मध्ये दुई वटा खण्डमा मदन भण्डारी राजमार्ग आयोजना र एक खण्डमा कर्णाली प्रदेश सरकारले काम गर्दैछन् । 

रुख कटानको आदेश आएमा तोकिएकै मितिमा निर्माणको काम सक्ने आयोजनाको दाबी छ । यस्तै खम्बागाडेदेखि विद्यापुरसम्मको १० किलोमिटर सडक खण्ड हो । तर हाल यो सडक खण्डको काम भने अघि बढ्न सकेको छैन । 

यसैबीच यो सडक खण्डमा भइरहेको कामको अनुगमन गर्दै भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री नन्दा चपाईंले सडक निर्माणमा देखिएका जटिलता हटाउन पहल गर्ने बताइन् । रुख कटानका लागि आफूले सरकारमा पहल गर्ने प्रतिबद्धतासमेत उनले जनाइन् । रुखकै कारण राजमार्गको काममा अवरोध हुन नहुने भन्दै उनले यो खण्डको काम सम्पन्न भएमा पश्चिम क्षेत्रका नागरिकले भोग्दै आएको समस्या अन्त्य हुने बताइन् ।                                                                     


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.