जिल्ला स्तरीय तेक्वाण्डो प्रतियोगिता बिजु दोजाङ प्रथम

जिल्ला स्तरीय तेक्वाण्डो प्रतियोगिता बिजु दोजाङ प्रथम
सुन्नुहोस्

तानसेन : पाल्पामा सञ्चालन भएको १०औं जिल्ला स्तरीय तेक्वाण्दो प्रतियोगिता बिजु दोजाङ प्रथम भएको छ। बिजुले ९ वटा स्वर्ण पदक जिती प्रतियोगितामा प्रथम भएको हो।

८ स्वर्ण पदकसहित तानसेन दोजाङ दोस्रो, ७ वटा स्वर्ण पदक जिती हिदन दोजाङ तृतीय भएको छ। प्रतियोगितामा १४ वटा दोजाङका ३ सय ४३ जना खेलाडीले पाइरिङ र प्याट्रिन गरी २ वटा विधामा ४२ स्वर्ण, ४२ रजत र ६० कास्यपदकको लागि  प्रतिस्पर्धामा सहभागी भएका थिए। 

प्रतियोगितामा महिला बेष्ट प्लेयर उपाधि सिनिएरमा एलिसा घर्ति मगर र पुरुषतर्फ विवेक बुढाले प्राप्त गरेका छन्। जुनियर महिलामा समीक्षा थापा र पुरुषमा श्रीजल पाण्डे वेष्ट प्लेयर घोषित भए। कार्यक्रममा भारतको हैदराबादमा सम्पन्न सातौं दक्षिण एसियाली आइटीएफ तेक्वान्दो प्रतियोगितामा तानसेन ७ काजीपौवाका दुई जना पदक विजेता खेलाडीहरू एन्जल रेग्मी र रजन रेग्मीलाई पाल्पा जिल्ला आइटीएफ तेक्वाण्दो संघले पन्ध्र, पन्घ्र हजार नगदसहित प्रमाणपत्रले सम्मान गरेको छ। सो प्रतियोगितामा एन्जल रेग्मी एक स्वर्ण दुई कास्य र रजन रेग्मीले एक रजत र एक कास्य पदक जितेका थिए।

  
दुई दिनसम्म सञ्चालन भएको प्रतियोगिताका विजयीहरूलाई पुरस्कार वितरण गर्दे लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती मगरले पाल्पामा मार्सलआर्टको कर्भडहल नभएकाले यसको लागि बजेट छुट्याउन पहल गर्ने बताए। लुम्बिनी प्रदेश सभा सदस्य खेमबहादुर सारुले तेक्वाण्दो खेलमा हजारौंको संख्यामा खेलाडी रहे पनि सरकारको ध्यान नगएकोमा अबका दिनमा खेलाडीहरूलाई उचित बजेट छुट्याउनु पर्नेमा जोड दिए।   


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.