मोटरसाइकल ठक्करबाट एक महिलाको मृत्यु

मोटरसाइकल ठक्करबाट एक महिलाको मृत्यु
सुन्नुहोस्

राजविराज : सप्तरीको सुरुङ्गा नगरपालिका-२ मा मोटरसाइकलको ठक्करले घाइते एक महिलाको मृत्यु भएको छ।

भेडियास्थित कदमाहा-गाईघाट सडक खण्डमा प्र-२-०१-००२ प २३४८ नम्बरको मोटरसाइकलको ठक्करले घाइते सुरुङगा नगरपालिका-२ की अघनिया देवी कोइरीको मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ।

सप्तरीको भेडियादेखि कडरबोनातर्फ आइरहेको सुरुङ्गा नगरपालिका-३ बस्ने निश्चल चौधरीले चलाएको मोटरसाइकलको ठक्करले घाइते कोइरीको सिरहाको लहानस्थित सप्तऋषी अस्पतालमा प्राथमिक उपचार भएको थियो। टाउको र दाहिने खुट्टामा गम्भीर चोट लागेर घाइते भएकी महिलालाई थप उपचारको लागि बिराटनगर रेफर गरिएको थियो। 

विराटनगरतर्फ जाने क्रममा बाटोमा रहेको सप्तरीको अहीर अस्पताल महुलीमा कोइरीको परीक्षण गर्दा चिकित्सकले मृत्यु घोषणा गरेका थिए। शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल लहानमा राखिएको छ। मोटरसाइकल र चालक चौधरीलाई इलाका प्रहरी कार्यालय कडरबोना सप्तरीले नियन्त्रणमा लिएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.