११ वर्षपछि चारपांग्रे सवारीको लाइसेन्स परीक्षा

११ वर्षपछि चारपांग्रे सवारीको लाइसेन्स परीक्षा
सुन्नुहोस्

बागलुङ : बागलुङमा ११ वर्षपछि पुनः चारपांग्रे सवारीचालक अनुमतिपत्र (लाइसेन्स) परीक्षा सञ्चालनमा आएको छ।

यातायात व्यवस्था कार्यालय बागलुङले बुधबारदेखि चारपांग्रे सवारीचालक अनुमति पत्र (लाइसेन्स) परीक्षा सञ्चालन गरेको हो। यातायात व्यवस्था कार्यालय बागलुङका प्रमुख पारसिङ थापाले (बि) (सि) (ई) (एफ) र (जी) वर्ग (चारपांग्रे) सवारीचालक अनुमतिपत्रका लागि बुधबारदेखि प्रयोगात्मक परीक्षा (ट्रायल) सुरु गरिएको बताए। गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले उद्घाटन गरेर प्रयोगात्मक परीक्षा सुरु गरिएको हो।

बागलुङमा (ए) र (के) वर्ग (दुईपांग्रे) सवारीको मात्रै परीक्षा सञ्चालन हुँदै आएको थियो। चारपांग्रेको लागि भदौ १७ गते अनलाइन आवेदन खुल्ला गरेको यातायात व्यवस्था कार्यालयले बुधबारदेखि ट्रायल परीक्षा सञ्चालनमा ल्याएको हो। बागलुङमा ट्रायल सुरु भएपछि बागलुङ, पर्वत, म्याग्दी, मुस्ताङलगायतका जिल्लाका सेवाग्राहीलार्ई सहज हुने अपेक्षा गरिएको छ। यातायात व्यवस्था कार्यालय बागलुङका प्रमुख थापाले ड्राइभिङ इन्स्टिच्यूटले बनाएको संरचना भाडामा लिएर ट्रायल सञ्चालन गरिएको बताए। उनले कार्यालयको आफ्नै जग्गा र पूर्वाधार नभएपछि निजी क्षेत्रसँग मिलेर लाइसेन्स परीक्षालार्ई व्यवस्थित गरिएको जानकारी दिए। दुईपांग्रे सवारीका लागि बागलुङ नगरपालिका १ को खनियाबासमा जग्गा भाडामा लिएर ट्रायल परीक्षा लिइरहेको र सोही स्थानमा ड्राइभिङ इन्टिच्यूटले चार पांग्रेको लागि निर्माण गरेको संरचना भाडामा लिइएको प्रमुख थापाको भनाइ छ। 

कार्यालयले बोलपत्र आह्वान गरेर प्रतिस्पर्धामार्फत ट्रायल परीक्षाको स्थान छनोट गरेको प्रमुख थापाले बताए। ‘ट्रायल परीक्षाका लागि मापदण्ड पुगेको पूर्वाधार र सवारीसाधन भाडामा लिन गत असारमा बोलपत्र आह्वान गरेका थियौं’, उनले भने, ‘प्रतिस्पर्धामार्फत छनोट भएको धौलागिरि ड्राइभिङ सेन्टर प्रालि बागलुङसँग भदौ पहिलो साता २ वर्षको लागि सम्झौता भएको छ।’ कार्यालयले धौलागिरि ड्राइभिङ सेन्टर प्रालिसँग परीक्षास्थल (ट्रायल सेन्टर) र सवारीको लागि परीक्षार्थीले तिर्नेगरी निश्चित रकममा सम्झौता गरेको छ।

गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले बागलुङबाट चारपांग्रे सवारीचालक अनुमतिपत्रको परीक्षा सञ्चालन हुँदा सिँगै धौलागिरि क्षेत्र लाभान्वित हुने बताए। ‘लाइसेन्स परीक्षाको नयाँ मापदण्ड लागू भएपछि बागलुङमा ठाउँ अभावका कारण चारपांग्रे सवारीको ट्रायल हुन सकेको थिएन,’ मन्त्री जुग्जालीले भने, ‘कार्यालयले निजी क्षेत्रसँग मिलेर जग्गा व्यवस्थापनपछि ११ वर्षपछि पुनः ट्रायल सुरु भएको छ। यसले साविकका धौलागिरि क्षेत्रका सेवाग्राहीहरू लाभान्वित हुनेछन्।’

मन्त्री जुग्जालीले विचौलिया लगाएर ट्रायल कटाउन सकिन्छ की भनेर परीक्षार्थीहरूले सोच्न नहुने बताए। उनले परीक्षा लिने कर्मचारी र परीक्षार्थीहरू मन्त्रालय र नागरिकहरूको निगरानीमा रहेकोले विशेष ध्यान दिएर सवारी चालक अनुमति पत्रको परीक्षा लिन अनुरोध गरे।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.