पाल्पामा १२० जनाको आँखा जाँच
तानसेन : मधुमेह, सुगर डाइबेटिजका बिरामीहरूलाई केन्द्रित गरेर पाल्पाको तानसेनमा आँखा परीक्षण गरिएको छ। सुगरका बिरामीहरूलाई लक्षित गरेर गरिएको आँखा शिविरमा १२० जनाले आँखा जाँच गराएका थिए।
आँखा शिविरमा चेकजाँच गराएका बिरामीमध्ये १० जनालाई जलविन्दु भएकाले थप उपचारका लागि भैरहवा आँखा अस्पतालमा रिफर गरिएको नेपाल नेत्र ज्योती संघ पाल्पा सचिव राजेन्द्र लिगलले बताए।
लुम्बिनी नेत्र विज्ञान तथा रण अम्बिका शाह आँखा अस्पताल भैरहवाको सहयोगमा आँखा अस्पताल तानसेनमा मधुमेहका बिरामीहरूको आँखाको पर्दा, रेटिनोप्याथी जाँच शिविर गरिएको हो।
आँखा अस्पताल भैरहवाका वरिष्ठ आँखा चिकित्सक एव निर्देशक ज्ञानेन्द्र लामिछानेले लगायतका चिकित्सक टोलीले बिरामीहरूको आँखा जाँच गरेका थिए।
मधुमेह रोग लागेका बिरामीको अन्तिम अवस्थासम्म पनि आँखामा कुनै किसिमको लक्षण नदेखिने र एक्कासि अन्धोपन गराउने समस्या बढी भएकाले शिविरको आयोजना गरिएको वरिष्ठ आँखा चिकित्सक ज्ञानेन्द्र लामिछानेले बताए।