करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु

करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
सुन्नुहोस्

सिन्धुली : खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा सिन्धुलीमा एक जनाको मृत्यु भएको छ।

कमलामाई नगरपालिका-११ स्थित धमिले खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा करेन्ट लाग्दा १५ वर्षीय पुष्करदिप थापाको मृत्यु भएको हो। 

सिन्धुली प्रहरीका अनुसार दिउँसो १ बजे खोलामा करेन्ट लगाउँदा करेन्ट लागि घाइते भएका उनको सिन्धुली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको सिन्धुलीका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक अनिल कुमार खड्काले जानकारी दिए।

मृतक थापाको शव सिन्धुली अस्पतालमा रहेको र घटनास्थलमा प्रहरी निरीक्षकको कमान्डमा टोली खटि गई अनुसन्धान भई रहेको प्रहरीको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.