केन्द्र सरकारविरुद्ध बागमतीले रिट दर्ता गर्ने

केन्द्र सरकारविरुद्ध बागमतीले रिट दर्ता गर्ने
बागमती प्रदेश सरकारले गरेको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठ ।
सुन्नुहोस्

हेटौंडा : बागमती प्रदेश सरकारले केन्द्र सरकारविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गर्ने तयारी गरेको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद््को बुधबारको बैठकले केन्द्र सरकारबाट संविधानले प्रदत्त गरेको प्रदेशको एकल अधिकारलार्ई संकुचन गरेको भन्दै सर्वोच्चमा रिट निवेदन दर्ता गर्ने निर्णय गरेको हो।

नेपालको संविधानको अनुसूची ६ मा उल्लेख भएअनुसार प्रदेशको एकल अधिकार सूचीमा सवारीसाधन कर, यातायात र प्रदेश लोकमार्ग उल्लेख भए पनि केन्द्र सरकार प्रदेशको एकल अधिकार संकुचन हुनेगरी अघि बढेको भन्दै रिट निवेदन दिन लागिएको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले बताए। उनले भने, ‘प्रदेशको उल्लेखित एकल अधिकारमा संकुचन आउने गरी संघीय संसद्बाट सहरी क्षेत्र सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरण ऐन २०७९ पारित भई २०७९/०६/०९ मा नेपाल राजपत्रमा प्रकाशित भएको थियो। सो ऐनको दफा १२ को उपदफा १ मा, दफा ३ मा जुनसुकै कुरा लेखिएको भए पनि संघीय राजधानी सहरी क्षेत्रको सार्वजनिक यातायात सेवालार्ई नियमत तथा व्यवस्थापन गर्न संघीय सहरी क्षेत्र सार्वजनिक यातायत प्राधिकरण स्थापना गरिने छ भन्ने उल्लेख छ। यसले संविधानले प्रदत्त गरेको अधिकार संकुचन गरेको छ।’

त्यस्तै बुधबारको बैठकले प्रदेश नीति तथा योजना आयोग सदस्यमा दोलखाका प्रदिप कुमार मैनालीलार्ई नियुक्त गर्ने निर्णय गरेको छ। बैठकले प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८० प्रदेशसभामा पेश गर्न स्वीकृति प्रदानसमेत गरेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.