रेफर सेन्टर बनेको अस्पतालमा बिरामीको चाँप, चिकित्सकलाई भ्याइनभ्याइ

रेफर सेन्टर बनेको अस्पतालमा बिरामीको चाँप, चिकित्सकलाई भ्याइनभ्याइ
तस्बिर : भरत खड्का
सुन्नुहोस्

उदयपुर : दुई वर्षअघिसम्म रेफर सेन्टर बनेको जिल्ला अस्पतालमा यतिबेला बिरामीको चाँप निकै बढेको छ। बिरामीको चाप बढेसँगै चिकित्सकलाई खाना खानेसमेत फुर्सद छैन। एकछिन चिया पिउन र फ्रेस हुन बाहिर निस्कियो बिरामीका आफन्तको फोनले हैरान दिने गरेको चिकित्सकहरू बताउँछन्।

‘फोन अफ गरौं उपचार सेवा प्रभावित हुन्छ, नगरौं खाना खान समेत पाइदैन,'अस्पतालका मेडिकल सुपरिटेण्डेट (मेसु) डाक्टर ज्ञानेन्द्र झा भन्छन्,‘न रातमा सुत्न पाइन्छ न दिनमै आराम। जतिबेला पनि उपचारमै खटिनुपर्छ ।'

उनले मध्यरातमा पनि डाक्टर साव बिरामीको अवस्था जटिल छ एकछिन आएर हेरिदिनुस् भन्दै फोन आउने गरेको गुनासो गरे। डाक्टर झाले भने,‘सम्झिन्छु हाम्रो त फुर्सद समय नै छैन्, २४ घण्टै बिरामीको सेवामा हो। त्यसैले अल्छि गर्न हुन्न जति सक्छु त्यति गर्छु भनेर आउन बाध्य छु ।'

झाको मात्र हैन् अस्पतालका सबै चिकित्सकको समस्या उस्तै हो । विशेषज्ञ सेवा नहुँदा रेफर सेन्टर बनेको अस्पताल सुधार भएसँगै चिकित्सकलाई भ्याइ नभ्याइएको भएको हो । मुस्किलले दिनमा १० /१२ जना बिरामी आउने गरेको अस्पतालमा हिजोआज दैनिक हजार बढी बिरामी आउने गरेको अस्पताल प्रशासनले जनाएको छ । 

सामान्य मात्र होइन दुरविनबाट पित्तथैलीकोसमेतअप्रेसन हुन थालेपछि बिरामीको चाप बढेको छ । पित्तथैलीको (शल्यक्रिया) अप्रेसनमा जिल्ला बाहिर बिराटनगर,धरान, काठमाडौं गएर झण्डै एक लाख रुपैयाँ खर्च हुने गरेकोमा जिल्लामा बीस हजारमा नै अप्रेसन हुनेगरेको सूचना अधिकारी योगेश्वर खनालले बताए । 

दुरविनबाट पित्तथैलीको अप्रेसन गर्न अस्पताल पुगेकी त्रियुगा नपा १० का राधिका राईले भनिन्, ‘अहिले त यहीँ राम्रो उपचार हुँदोरहेछ, हामीलाई थाहै थिएन। यसले आर्थिक र समयको हिसाबले निकै ठूलो सहयोग पुगेको छ ।’ 

‘अप्रेशनका लागि बिराटनगर लैजाने तयारी थियो, यहीँ उपचार हुन्छ भन्ने सुनेर यता आयौँ, नभन्दै अप्रेसन सफल भयो,यसमा निकै खुशी छु,'उनले भनिन् । विगत १० वर्षदेखि पित्तथैलीको पीडा बोकी रहेकी राधिकाको मेडिकल सजर्न डा. ज्ञानेन्द्र यादव नेतृत्वको चिकित्सक टोलीले अत्याधुनिक प्रविधि (दुरबिन)को प्रयोगबाट सफलतापूर्वक अप्रेसन गरेको हो । 

एक वर्षअघि धरानस्थित बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठान चेकजाँचका क्रममा उनको पित्तथैलीमा पत्थरी भएको पत्ता लागेको हो । पत्थरी भएको थाहा भएपछि अप्रेसन गर्न ३० हजार र अन्य खर्च लाग्ने र एक महिना पालोमा पर्खनुपर्ने सूचना प्राप्त भएपछि आफू जिल्लातिर फर्किएको उनले बताइन्।

गाईघाटमा नै उपचार पाउँदा बिराटनगर र धरान आउजाउ गर्न एम्बुलेन्सदेखि अप्रेसन गर्न लाग्ने महंगो खर्च जोगिएको राधिकाले बताइन् । सस्तो,सर्वसुलभ शुल्कमा घरछेउमै सफल उपचार पाएर उनी निकै उत्साहित  छिन्।

पहिलो पटक अप्रेसन भएकाले अस्पताल प्रशासनले बीस हजारबाट घटाएर १८ हजार मात्र लिएको उनले बताइन् । राईपछि दोस्रो अप्रेसन त्रियुगा नगरपालिका ३ की २९ वर्षीया बिरामी बिमला शर्माको गरिएको डा. यादवले बताए । उनको पित्तथैलीबाट १५ एमएमको पत्थरी निकालिएको हो।

मेसु झाका अनुसार केही प्राविधिक समस्या मात्र हल गर्न सके अस्पताल बिराटनगर, धरान र जनकपुर अस्पतालले दिने सबैखाले उपचार सवा दिन सकिने बताए । जिल्ला अस्पतालमा १४ जना विशेषज्ञ (कन्सल्टेन्ट) सहित २५ जना डाक्टर कार्यरत रहकाले उपचार सेवा प्रभावकारी भएको स्थानीयको भनाइ छ । 

बिरामीको चाप बढेसँगै वेड नहुँदा भुँइँमै राखेर उपचार गर्ने गरेको अस्पताल प्रशासनले जनाएको छ । भाइरल ज्वरोको समेत सिजन रहेकाले धेरै बिरामी बेड नै नपाएर औषधि लिएर घर बस्न बाध्य भएको उनले बताए ।
 
अस्पतालका अनुसार ५ सयभन्दा बढी हाडजोर्नी, तथा नसा रोगीहरूको सफल उपचार भइसकेको छ । 

यसबाहेक १० जना मेडिकल अधिकृत कार्यरत अस्पताललाई भौतिक पूर्वाधार र अझै उपकरण व्यवस्था गर्नसके उदयपुरसँगै छिमेकी खोटाङ, ओख्लेलढगुां, भोजपुर, सिराहा, सप्तरी र सिन्धुलीका नागरिकलाईसमेत स्वास्थ्य सेवा प्रवाहमा सहज हुने अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गौरबहादुर बिकले बताए । 

अस्पतालले पछिल्लोसमय हरके शनिबार छाला सौन्दर्य तथा यौन रोग र मानसिक रोगको उपचार गर्न बाहिरबाट विशेषज्ञ डा. बोलाउने गरेको उनले बताए । यसकासाथै अब एमआरआई, सिटीस्क्यान, भेन्टिलटेर, डाइलोसिस सेवा प्रभाव सुरू गरिने बताए । 

अस्पताल व्यवस्थित गर्न त्रियुगा नगरपालिकाले आधा दर्जन कर्मचारी,आर्थिक र प्रविधि सहयोग गरिएको मेयर बसन्तकुमार बस्नेतले बताए । उनले भने,‘यो सदरमुकामको नगर हो, त्यसभित्र अस्पताल पर्दछ, यसको सेवा विस्तार गर्नु नगरपालिकाको दायित्व हो, त्यसैले हामीले बर्सेनि सहयोग गर्दै आएका छौं ।'


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.